अभिषेकको डेव्यु गोलमा नेपाल ताइवानसँग बराबरीमा रोकियो
२०७६ जेठ २४ गते

काठमाडौं, २३ जेठ । नेपालले मैत्रिपूर्ण खेलमा चाइनिज ताइपेईलाई बराबरीमा रोकेको छ । फिफा वरियतामा १६१ औं स्थानमा रहेको नेपालले १२५ औं स्थानमा रहेको ताइपेईलाई उसकै घरेलु मैदानमा एक–एकको बराबरीमा रोकेको हो ।
ताइपेईका लागि ३८ औं मिनेटमा उ चाङले गोल गर्दै अग्रता दिलाएका थिए । नेपालका लागि भने अभिषेक रिजालले ६९ औं मिनेटमा गोल गर्दै बराबरी गरे । खेलमा नेपाल रक्षात्मक रणनीति अपनाउँदै खेलेको थियो । नेपालको फरवार्ड लाइनमा अभिषेक भण्डारी मात्र थिए । उनकै गोल मद्दतले नेपालले ताइपेईलाई बराबरीमा रोकेको हो ।यसअघि नेपालले जुन २ मा भएको मलेसियासँगको मैत्रीपूर्ण खेलमा २–० को हार व्यहोरेको थियो । नेपालले सेप्टेम्बरमा हुने फिफा वल्र्डकपको छनोट खेलको तयारी गरिरहेको छ ।
२०७६ जेठ २४ गते
प्रतिक्रिया
सम्बन्धित








