रेशम चौधरी अस्पताल भर्ना

 

असार ६, कैलाली ।  कैलालीबाट निर्वाचित सांसद रेशम चौधरी अस्पताल भर्ना भएका छन् । 

सुरक्षाकर्मी सहित ८ जनाको ज्यान जानेगरी चार वर्षअघि भएको टीकापुर हत्याकाण्डमा जिल्ला अदालत कैलालीबाट दोषी ठहर भएर जेल जीवन बिताइरहेका चौधरी काठमाडौको वीर अस्पताल भर्ना गरिएको हो । फोक्सो र बोनम्यारोमा समस्या देखिएकाले अस्पतालमा भर्ना गरेर उपचार भइरहेको उहाँका भाइ मिठुलाल चौधरीले बताए । 

null

चौधरी केही समयदेखि अस्पतालमा नियमित जाँचका लागि जाने गरेका थिए । बिहीबार स्वाश फेर्न र हिँड्नसमेत अप्ठेरो भएपछि अस्पताल भर्ना गरिएको उनका भाई मिठुलाल चौधरीले बताए । 

चौधरीलाई केही दिन अस्पतालमा नै राखेर उपचार गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् । २०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डका मुख्य अभियक्त भन्दै जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो । 

उनी १५ महिनादेखि डिल्लीबजार कारागारमा जेल जीवन विताइरहेका छन् । अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो । गएको प्रतिनिधिसभा निर्वाचनमा उनीँ कैलाली १ बाट राष्ट्रिय जनता पार्टीको तर्फबाट विजयी भएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *