शिखर धवनको शतकमा भारत विजयी, अष्ट्रेलियाको पहिलो हार

एजेन्सी । आइसीसी विश्वकप क्रिकेट २०१९ मा शिखर धवनको शतक अनि उत्कृष्ट बलिङ मद्दतमा भारतले अष्ट्रेलियालाई पराजित गरेको छ । साविक विजेता अष्ट्रेलियालाई ३६ रनले पराजित गर्दै भारतले १२ औं संस्करणमा लगातार दोस्रो जित हात पारेको हो । 

भारतसँग हारेपछि यसअघि लगातार दुई खेल जितेको साविक विजेता अष्ट्रेलियाको अपराजित यात्रा टुङ्गिएको छ भने अंक तालिकामा भारतले अष्ट्रेलियालाई पछि पारेको छ । लगातार तीन खेल जित्दै न्यूजिल्याण्ड पहिलो स्थानमा छ । 

 

null

अब न्यूजिल्याण्ड र भारतमात्र यस संस्करणमा अपराजित छन् । ६ अंकसहित किवी टोली पहिलो स्थानमा छ । इंग्ल्याण्ड, भारत र अष्ट्रेलियाको समान ६ अंक छ तर रनरेटको आधारमा इंग्ल्याण्ड दोस्रो, भारत तेस्रो र अष्ट्रेलिया चौथो स्थानमा छ । 

लण्डनस्थित ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले धवनको शतक तथा कप्तान विराट कोहली र रोहित शर्माको अर्धशतक मद्दतमा ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३५२ रन बनाएको थियो । जवाफमा अष्ट्रेलियाले ५० ओभर खेल्दै सबै विकेट गुमाएर ३१६ रन मात्र बनाउन सक्यो । 

भारतका लागि धवनले १०९ बल खेल्दै १६ चौकाको मद्दतमा ११७ रन बनाए । कोहलीले ८२, रोहितले ५७ र हार्दिक पाण्ड्याले ४८ रन जोडे । अष्ट्रेलियाका मार्कुस स्टोइनिसले २ विकेट लिए ।अष्ट्रेलियाका लागि डेविड वार्नर, स्टिभ स्मिथ र एलेक्स क्यारीले अर्धशतक प्रहार गरेपनि जितका लागि पर्याप्त भएन । 

स्मिथले सर्वाधिक ६९ रन बनाएको इनिङ्समा वार्नरले ५६ रन जोडे । एलेक्स क्यारीले नटआउट ५५ रन बनाए । उस्मान खवाजाले ४२, आरोन फिन्चले ३६ र ग्लेन म्याक्सवेलले २८ रन जोडे । भारतका लागि जसप्रित बुमराह र भुवनेश्वर कुमारले ३(३ तथा युजभेन्द्र चाहालले २ विकेट लिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =