चितवन राष्ट्रिय निकुञ्जद्वारा नरभक्षी बाघ नियन्त्रणमा, एक घाइते

 

जेठ १९, चितवन । चितवन राष्ट्रिय निकुञ्जले शनिबार दिउँसो नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ । निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै शुक्रबार साँझ नेपाली सेनाका पियूठलाई आक्रमण गरेको अन्दाजी नौ वर्षको पोथी बाघलाई नियन्त्रणमा लिइएको हो । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार सो बाघलाई नियन्त्रणमा लिई घडीयाल प्रजनन् केन्द्रको आडमा रहेको काठको खोरमा राखिएको छ । बाघले कार्यक्षेत्रमा रहेका वटुकदल गणका पियूठ फैजाराज बिकलाई आक्रमण गरेको थियो । 

null

बाघको आक्रमणबाट बिक गम्भीर घाइते भएका छन् । घाइते बिकलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । 

बाघले बिकलाई निकुञ्जको मुख्य कार्यालयबाट करिब १५० मिटर टाढा आक्रमण गरेको थियो । खोरमा राखिएको बाघको गतिविधि हेर्नका लागि सिसी क्यामरा जडान गरिएको छ । रासस 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *