सरकार चौतर्फी मुठभेडमा, रानीवनदेखि नागार्जुन पिकसम्म केबलकारसहित रिसोर्ट

काठमाडौं, १ असार । आजको देनिक पत्रिकाहरुले समसामयिक राजनीतिक, आर्थिक, सामाजिक विषयसँगै सरकारको कार्यशैलीमाथि समाचार बनाएका छन् । विद्युत् प्राधिकरणले दुईवटा वृहत जलाशययुक्त विद्युत् आयोजना निर्माण प्रक्रिया थालेकोलाई अन्नपूर्णले आज मुख्य समाचार बनाएको छ । सरकारले सरोकारवालासँग परामर्श नै नगरी धमाधम विधेयक ल्याउन थालेपछि सर्वत्र विरोध भएको अर्को खबर पनि अन्नपूर्णमा छ ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र ३ वटा केबलकार र रिसोर्टसहितका नाफामूलक परियोजनाका लागि व्यवसायीले लबिङ तीव्र पारेको कान्तिपुरले लेखेको छ ।समाचार अनुसार गोकर्णेश्वर नगरपालिकाको जगडोलस्थित सहिदपार्कदेखि शिवपुरी निकुञ्जको मुलाबारी, बूढानीलकण्ठदेखि शिवपुरी पिक डाँडा र नागार्जुन नगरपालिकाको रानीवनदेखि नागार्जुन पिकसम्म केबलकारसहित रिसोर्टलगायत परियोजना सञ्चालनका लागि व्यवसायी, लगानीकर्ता र नेताहरु समेत लागिपरेका छन् ।
null
नयाँ पत्रिकाले ‘सरकार चौतर्फी मुठभेडमा’ शीर्षक दिएर सरकार आलोचित बन्नुका कारणबारे विश्लेषण गरेको छ । मिडिया काउन्सिल विधेयक, लोकसेवा विज्ञापन, गुठी विधेयक, इन्डो–प्यासिफिक रणनीतिको विवादले सरकारलाई मुठभेठतर्फ डोहोर्याएको नयाँ पत्रिकाको निष्कर्ष छ । नयाँ पत्रिका लेख्छ– एकीकृत जनमत पाएको सरकार सिंगल–सिंगल भिड्न खोज्दा आफैं घेराबन्दीमा परेको छ र समृद्धिको यात्रासमेत बरालिएको छ ।’
नागरिकले माथिल्लो तामाकोसी आयोजना लम्बिँदा लागत दोब्बरले बढेको लेखेको छ भने गोरखापत्रमा नागढुंगा सुरुङमार्गको निर्माण असोजदेखि सुरु हुने खबर छ ।








