९ मुस्लिम मन्त्रीले किन दिए सामूहिक राजीनामा ?

 

जेठ २१, काठमाडौं । श्रीलंकामा ९ मुस्लिम मन्त्री र दुई प्रान्तका मुसलमान गभर्नरले सामूहिक राजीनामा दिएका छन् । 

बौद्ध धर्मावलम्बी बाहुल्य रहेको श्रीलंकामा गत अप्रिल २१ मा राजधानी कोलम्बोमा रहेका चर्च तथा सुविधा सम्पन्न होटलहरुमा भएको आक्रमणपछि बौद्ध धर्मालम्बीहरुको दबाबमा ९ मन्त्रीसहित दुई प्रान्तका गभर्नरले सामूहिक राजीनामा दिएका हुन् । 

null

 

सो घटनापछि श्रीलंकाका प्रभावशाली बौद्ध सन्यासी अथुरालिये रतनाले मुसलमानको विरोधमा आमरण अनशन गरेपछि मन्त्रीहरुले राजीनामा दिएका हुन् । 

रतनाले दुई प्रान्तका मुस्लिम गभर्नर र एक मन्त्रीले राजीनामा दिनु पर्ने माग गर्दै अनशन सुरु गरेका थिए । मन्त्री तथा गभर्नरहरुको आत्मघाती आक्रमणकारीसँग सम्बन्ध रहेको आरोप रतनाले लगाएका छन् । 

 

इस्टरका दिन भएको आक्रमणमा २ सय ५० जनाको मृत्यु भएको थियो भने ५ सय भन्दा बढी घाइते भएका थिए । ज्यान गुमाउनेमा ३६ विदेशी पनि थिए । 

कोलम्बो, नेगोम्बो र बट्टिकलोआमा तीन चर्चमा ईस्टकमो प्रार्थनाको क्रममा विस्फोट गरिएको थियो । 

यसैगरी कोलोम्बोमा चार होटल र एक चिडियाखाना नजिकै बिस्फोट गरिएको थियो । विस्फोटको जिम्मेवारी आतंकवादी संगठन इस्लामिक इस्टेट (आइएस) ले लिएको थियो । 

घटनाको सूचना पहिले नै आएको भन्ने सूचना बाहिरिएसँगै त्यहाँका जनताहरु नेतृत्वसँग रुष्ट भएका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =