छापामा आज : किशोरीलाई ३ महिनादेखि बन्धक बनाएर सामूहिक बलात्कार

काठमाडौं, २२ जेठ । केन्द्रीय सदस्यको जिम्मेवारीलाई लिएर नेकपामा देखिएको विवाद, प्रदेशको विकास खर्च, कतार रोजगारीमा देखिएको समस्या, सार्वजनिक जग्गा अतिक्रमण आजका दैनिक पत्रिकाको प्राथमिकतामा परेको छ । 

कान्तिपुरले गुठी कानून संशोधन विधेयकबारे चासो राखेको छ । कान्तिपुरका अनुसार, देवीदेवता तथा गुठीका नाममा रहेका जग्गा संरक्षण गर्ने गरी विधेयक ल्याउनुपर्ने भए पनि ठीक उल्टो गरी ल्याइएको छ । जसले देवीदेवताका नाममा देशभर रहेको ७ लाख ५६ हजार बिघा जमिन र २ हजार ६ सय गुठीका जग्गा हडप्ने चलखेल बढेको कान्तिपुर समाचारको सार छ । कान्तिपुरले यही समाचारमा जोडेर रुपन्देहीको सियारी गाउँपालिकाले विश्वप्रकाश प्रतिष्ठान नामक गैरसरकारी संस्थालाई सामूदायिक वन दिएको लेखेको छ । त्यस्तै काभ्रेमा जग्गा दलालले सडकै बिक्री गरेको खबर पनि कान्तिपुरमा छ । 

 

null

आज अन्नपूर्णले धनुषामा एक किशोरीलाई ३ महिनादेखि बन्धक बनाएर सामूहिक बलात्कार गरिएको गम्भीर विषयलाई मुख्य समाचारका रुपमा छापेको छ । धनुषा बटेश्वरकी कक्षा ९ मा अध्ययनरत दलित किशोरीलाई ३ महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार गरिएको हो । समाचार अनुसार, बहिनीसँग खेतबाट घर फर्कंदै गरेकी उनलाई मोटरसाइकलमा आएका ३ जनाले गत फागुन ११ गते नशालु पदार्थ सुँघाएर बेहोस बनाएका थिए । किशोरीले दिएको बयानअनुसार उक्त समूहले उनलाई भारतको मझपरपुर पुर्याएको थियो । 

 

नयाँ पत्रिकाले प्रदेश सरकारको विकास खर्चबारे चियोचर्चो गरेको छ । नयाँ पत्रिकाका अनुसार, प्रदेशको विकास खर्च निराशाजनक छ । आर्थिक वर्षको अन्त्यमा आइपुग्दा प्रदेशहरुले मात्रै १७.०७ प्रतिशत मात्रै विकास खर्च गर्न सकेका छन् । आर्थिक वर्षको नौ महिनामा सबैभन्दा कम कर्णालीमा ७.६७ प्रतिशत खर्च भएको छ । सुदूरपश्चिम प्रदेशले भने सबैभन्दा बढी खर्च गरेको छ । उसले २२.८६ प्रतिशत खर्च गरेको नयाँ पत्रिका समाचारमा उल्लेख छ । 

 

नागरिकले नारकीय जीवन बिताउन अभिशप्त रोल्पाकी पूर्व माओवादी लडाकुबारे समाचार बनाएको छ । त्यस्तै, नेकपाको सचिवालय बैठकमा शीर्ष नेताहरुबीच केन्द्रीय सदस्यको कार्यविभाजनलाई लिएर विवाद भएको खबर पनि नागरिकले आज छापेको छ । नागरिकका अनुसार माधव नेपालसहितका केही नेता दोहोरो जिम्मेवारीको विपक्षमा उभिएपछि सचिवालय बैठक बिनानिष्कर्ष टुंगिएको छ । 

 

१९ औं वार्षिकोत्सवको अवसरमा ४८ पृष्ठको विशेषांक प्रकाशित गरेको राजधानीले पनि नेकपाका शीर्ष नेताबीच मापदण्डमै विवाद भएकोलाई मुख्य समाचार बनाएको छ । 

 

गोरखापत्रले भमरा लोप हुँदै जाँदा बालीनालीमा संकट उत्पन्न भएको लेखेको छ भने कारोबारमा गौतम बुद्ध विमानस्थलको म्याद थप्न लबिङ भएको दाबी गरेको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − five =