ट्रकभित्र महिलालाई बलात्कार गर्ने २ जना पक्राउ
२०७६ असार १४ गते

असार १३, तनहुँ । ट्रकभित्र महिलालाई बलात्कार गर्ने दुई जना पक्राउ परेका छन् ।
महिलालाई बलात्कार गर्ने ना१क ४३४९ नम्बरको ट्रक चालक र सहचालक प्रहरीले पक्राउ गरेको हो ।
null
पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर ३ सुर्यचोक बस्ने ३२ वर्षीय गोपाल भण्डारी र मोरङ उर्लाबारीकै ३१ वर्षीय विमल ढकाल रहेका छन् ।
उनीहरुले असार ११ गते ट्रकमा लिफ्ट दिएकी महिलालाई तनहुँ व्यास नगरपालिका वडा न. १२ छिर्कने स्थित पृथ्वीराजमार्ग सडक किनारामा लगेर जबरजस्ती करणी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
प्रहरीले सुचना पाएलगतै तनहुँ ब्यास नगरपालिका वडा नं. ३ बनबाटिका चौर नजिकैबाट दुवैलाई नियन्त्रणमा लिएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०७६ असार १४ गते
प्रतिक्रिया
सम्बन्धित








