गुठी विधेयकबारे सांसदहरुसँग माधव नेपालको छुट्टै छलफल
२०७६ असार ३ गते

असार २, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले गुठी विधेयकबारे सांसदहरुसँग छुट्टै छलफल गरेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले सोमबार दिउँसो सिंहदरबारस्थित कृषि समितिको हलमा विवादित गुठी विधेयकका बारेमा काठमाडौँबाट निर्वाचित सांसदहरुसँग छलफल गरेका हुन् ।
null
छलफलमा सांसदहरुले नेता नेपालसँग गुठी विधेयकले जनताको सांस्कृतिक भावनामाथि चोट पुर्याउने देखिएकाले यसलाई तत्काल फिर्ता गर्न पहल गर्न आग्रह गरेका थिए ।
सरोकारवालाहरुसँग व्यापक छलफलपछि मात्रै गुठी विधेयक अघि बढाउनुपर्ने सांसदहरुको भनाइ छ ।
२०७६ असार ३ गते
प्रतिक्रिया
सम्बन्धित








