बजेट कनिका छरेजस्तैः बिजुक्छें

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सरकारले ल्याएको बजेट कनिका छरेजस्तो मात्रै भएको बताएका छन् । पार्टीको विदेश सम्बन्ध विभागको आयोजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे जानकारी दिन सोमबार भक्तपुरमा भएको पत्रकार सम्मेलनमा बिजुक्छेंले यस्तो बजेट अर्थहीनको भएको बताएका हुन् । 

 

अध्यक्ष बिजुक्छेंले राजनीतिक दलमा सोच नभएका कारण यस्तो भएको बताए । वृद्धवृद्धा भत्ता बढाउनुको सट्टा उनीहरुको उचित जीवनयापनका लागि आरद निकेतनको व्यवस्था हुनुपर्ने उनले बताए । अध्यक्ष बिजुक्छेंले भ्रष्टाचारीलाई अपराधअनुसार मृत्युदण्डको सजायसमेत दिने कानुनी व्यवस्था गर्न पार्टीले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा संशोधन दर्ता गरेको जनाए । नेकपाको वर्तमान सरकार कम्युनिस्ट सरकार नभएको दाबी गर्दै उनले भने, ‘नामले होइन, कम्युनिस्ट व्यवहारले हुन्छ ।’ 

null

कम्युनिस्ट सरकार भएको भए योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोवस्त गर्ने अध्यक्ष बिजुक्छेंको भनाइ थियो । फरक प्रसंगमा बिजुक्छेंले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न नहुने पक्षमा आफ्नो पार्टी रहेको बताए । सर्पले सर्पको खुट्टा देख्छ, तुल्सी रोपेर सिस्नु उम्रिँदैन भनेजस्तै माओवादीबाट छुट्टिएर विप्लव समूह जन्मेको उनको भनाइ थियो । विदेशी परिस्थितिबारे जानकारी दिँदै अमेरिकी साम्राज्यवादको खुला रूपमा विरोध हुनुपर्ने आवश्यकतामाथि जोड दिँदै उनले अमेरिकी साम्राज्यवाद साँढे जस्तो जताततै हिँड्ने गरेकाले त्यसविरुद्ध सैद्धान्तिक संघर्ष गर्नुपर्ने आवश्यकता रहको बताए । 

पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले सरकारले हालै ल्याएको बजेट मजदुर किसान वर्गको पक्षमा नभएको बताए । महँगी नियन्त्रण नगरी सरकारी कर्मचारीको तलब मात्रै वृद्धि गरेर मजदुर किसान अझ बढी पीडित भएको उनको भनाइ थियो । आजको नेपाल राजधानी दैनिकमा सञ्जीव दुलालले लेखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 13 =