प्रहरी गण नजिकै महिला मृत फेला

 

जेठ २८, दाङ । दाङमा नेपाल सशस्त्र प्रहरी ज्वालामाइ गण नजिकै एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । 

दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ्ग पुल्चोक नजिकै रहेको नेपाल सशस्त्र प्रहरी ज्वालामाइ गण को आसपासमा महिला मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएका छन् । 

null

घटना स्थल पुगेका प्रहरी टोलीले महिलाको पहिचान हुन नसकिएको र घटनाबारे अनुसन्धान भईरहेको जानकारी दिएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *