ओपोद्वारा एमडब्ल्यूसी शाङघाइ-२०१९ मा अन्डर स्क्रिन क्यामेरा र मेशटक प्रदर्शित

 

असार ११, चीन । ओपोले एमडब्ल्यूसी शाङघाइ २०१९ मार्फत् वास्तविक पूर्ण स्क्रिन अनुभव प्रदान गर्ने क्षमता सहितको अन्डर स्क्रिन क्यामेरा (यूएससी) प्रदर्शित गरेको छ । 

साथै, ओपो उपकरणका विचएकआपसमा ३ किलोमिटर सम्मको रेञ्ज सम्मविना सेल्यूलर नेटवर्क, वाइफाइवा ब्ल्यूटूथ– टेक्स्ट, भ्वाइस म्यासेज तथा रियलटाइम भ्वाइस कल्स गर्न सकिने प्रोप्राइटरी विकेन्द्रित सञ्चार प्रविधि मेशटक प्रविधिपनिपहिलो पटक प्रदर्शित गरिएको छ । 

null

ओपो आफ्ना प्रयोगकर्तालाई उत्कृष्ट तथा सहजप्रयोग अनुभव प्रदान गर्न, उत्पादन तथा प्रविधिमा नवप्रवर्तनका लागि सदैव प्रतिबद्ध छ,’ ओपोका उत्पादन व्यवस्थाप ककाउ जियाडङले भने, ‘यूएससी र मेशटक भविस्य लक्षित ओपोका भिजनको एक अंश हो । हामी हाम्रा प्राविधिक नवप्रबर्तनलाई प्रयोगका परिदृष्यहरु खुला पार्ने तथा कल्पनाको परिधि थप फराकिलो बनाउने एक सटिक माध्यमका रुपमा लिन्छौँ ।’ 

 

यो प्रविधिले प्रयोगकर्ताले पुरै स्क्रिन हेर्न तथा खिच्न, तस्विर कैद गर्न, फेस अन्लक गर्नुका साथै भिडियो कल सुविधाको पनि उपयोग गर्न सक्नेछन् । 

मेशटक ओपोको नयाँ प्रोप्राइटरी विकेन्द्रित सञ्चार प्रविधि हो । यसले ३ किलोमिटर सम्मको क्षेत्रफलमा सेल्यूलर नेटवर्क, वाईफाई वा ब्लयूटूथको सहायताबिना नै टेक्स्ट, भ्वाइस म्यासेज तथा रियल टाइम भ्वाइस कलआदानप्रदानगर्न सघाउँछ । 

यस प्रविधिले धेरै यन्त्रलाई एड होक लोकल एरिया नेटवर्क (ल्यान) निर्माण गरी ग्रुप च्याट क्षमतातथासिग्नल रिले मार्फत कम्यूनिकेशन रेञ्ज फराकिलो बनाउन सघाउँछ । ओपोका उपकरणहरु एकअर्कासंग सिग्नल रेञ्जमाहुँदा मेशटकले ल्यानकम्यूनिकेशन सम्भव गराउँछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 5 =