चर्चित गायिका नेहा कक्कर भोलि ठमेलमा तहल्का मच्याउँदै

जेठ २४, काठमाडौँ । सुमधुर स्वरकी धनी भारतिय गायिका नेहा कक्कर आज शुक्रबार नेपाल आउन लागेकी छिन् ।
पारामाउन्ट ईन्टरटेन्मेन्टको आयोजनामा भोली ठमेलमा सम्पन्न हुन लागेको लाइभ कन्सर्टको लागि उनी आज काठमाडौँ प्रस्थान हुन लागेकी हुन् ।
null
उनीसँगै इन्डियन आइडल सिजन–१० का दुई प्रतिभाशाली गायक विभोर परासर र कुणाल पण्डित पनी आउने भएका छन् । ‘नेहा कक्कड लाइभ’ नाम दिईएको उक्त कर्न्सटकामा नेहाले आफ्नो सांगितिक कोसेली पस्की दर्शकलाई नचाई धुम मचाउने छिन् ।
गायिका नेहाले आफू नेपालमा आउन लागेको खबर यूट्युवमार्फत पनि सार्वजनिक गराएकी थिईन् । काठमाडौँको ठमेलस्थित लर्ड अफ ड्रिङ्स (एलओडी) क्लवमा गरिने सो कर्न्सट साँझ ८ बजेदेखि मध्यरातसम्म चल्ने आयोजक टिमले जनाएको छ ।
पर्यटन बर्ष २०२० लाई लक्षित गरेर नेहा र इन्डियन आइडलका टप टेन टिमलाई नेपाल ल्याउन लागेको पारामाउण्ट इन्टरटनमेन्टका संचालक दिपक घिमिरेले बताएका छन् ।








