कैँची प्रहार गरी श्रीमतीको हत्या
२०७६ असार ३ गते

डोटी, ३ असार । दिपायल सिलगढी नगरपालिका– ३ दिपायलमा कैँची प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय दिपायलका अनुसार दिपायल सिलगढी नगरपालिका– ३ बस्ने ४५ वर्षीय कृष्ण नेपालीले श्रीमती ४० वर्षीया मिना नेपालीलाई लुगा काट्ने कैँची प्रहार गरी हत्या गरेका हुन् ।
सोमबार राति घरायसी कुरामा विवाद हुँदा श्रीमान कृष्ण नेपालीले उनकी श्रीमती मिनाको घाँटी र ढाडमा लुगा काट्ने कैँची प्रहार गरी विभत्स हत्या गरेका हुन् । हत्या गर्ने कृष्ण नेपालीलाई प्रहरीले पक्राउ गरेको र अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।
null
२०७६ असार ३ गते
प्रतिक्रिया
सम्बन्धित








