पोर्चुगलले जित्यो नेशनल लिगको उपाधि, रोनाल्डोलाई दोस्रो सफलता

एजेन्सी । युरोपियन युनियन फुटबल एशोसिएसनले पहिलो पटक आयोजना गरेको नेशनल लिगको उपाधि पोर्चुगलले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा नेदरल्याण्ड्सलाई १–० ले पराजित गर्दै पोर्चुगलले उपाधि हात पारेको हो । 

 

पोर्चुगलको प्याट्रोस्थित स्टेडिओ दो ड्रागो रंगशालामा भएको खेलमा पोर्चुगलले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलको जितका लागि गोनकालो गुएडेसले ६० औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । सेमिफाइनलमा स्वीटजरल्याण्डविरुद्ध ह्याट्रिक गरेका रोनाल्डोले यस खेलमा भने गोल गर्न सकेनन् । 

null

नेदरल्याण्ड्सले पोर्चुगलमाथि निकै दबाब बनाए पनि गोल गर्न भने सकेन । पोर्चुगलको बलियो डिफेन्सले नेदरल्याण्ड्सको आक्रमणलाई सफल हुन दिएन् । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो कप्तानीमा पोर्चुगललाई महत्वपूर्ण दोस्रो उपाधि दिलाउन सफल भए । यसअघि पोर्चुगलले २०१६ मा फ्रान्समा भएको युरोकपको उपाधि जितेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *