विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिकाले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

एजेन्सी । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिकाले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । लन्डनमा आज दिउँसो नेपाली समय अनुसार तीन बजेर १५ मिनेटमा खेल सुरु हुने छ । यो दक्षिण अफ्रिकाको दोस्रो खेल हो । पहिलो खेलमा दक्षिण अफ्रिका आयोजक राष्ट्र इंग्ल्यान्डसँग १०४ रनले पराजित भएको थियो । यता, बंगलादेशको लागि भने यो पहिलो खेल हो । 

दक्षिण अफ्रिका आफ्नो दोस्रो खेलमा जित हात पार्ने लक्ष्यका साथ मैदानमा उत्रिँदैछ । त्यस्तै, बंगलादेश भने आफ्नो पहिलो खेलमै दक्षिण अफ्रिकालाई पराजित गर्दै विश्वकपमा सुखद् सुरुवात गर्न चाहन्छ । तुलनात्मक रुपमा बंगलादेशभन्दा दक्षिण अफ्रिका बलियो टिम हो । 

 

null

विश्वकपका लागि दक्षिण अफ्रिकाको टिमफाफ् डु प्लेसिस (कप्तान), डेभिड मिलर, डि कक, हसिम अमला, ऐडन मारक्रम, रसिइ भान डेर डुसेन, जेपी डुमिनी, क्रिस मोरिस, कागिसो रबडा, इमरान ताहिर, डेल स्टेयन, लुन्गी नगिडी, डवान प्रेटोरियस, तब्राइज शाम्सी र एन्डिल फेहलुकवाओ । 

विश्वकपका लागि बंगलादेशको टिममश्रफे मोरटाजा (कप्तान), अबु जायद, लिटोन दास, महमुदुल्लाह, मेहिदी हसन, मोहम्मद मिथुन, मोहम्मद सइफुदिन, मोसदक हुसेन, मुश्फिक्यर रहिम, मुस्ताफिजुर रहमान, रुबेल हुसेन, सबिर रहमान, शकिब अल हसन, सौम्या सरकार, तमिम इकबल । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − sixteen =