रोहित शर्माको अविजित शतकसँगै भारत विजयी, दक्षिण अफ्रिकाको तेस्रो हार

एजेन्सी । रोहित शर्माको अविजित शतकसँगै भारतले एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । भारतले बुधबार दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गर्दै विश्वकपमा सुखद सुरुवात गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको भारतले ओभरमा ४७.३ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो । 

सहज जित दिलाउन रोहितले आफ्नो एक दिवसिय करियरको २३ औं तथा विश्वकपको दोस्रो शतक पुरा गरे । रोहितले ४१ ओभरको चौथो बलमा १ रन बटुल्दै १ सय २८ बलमा शतक पुरा गरेका थिए । रोहित १ सय ४४ बलमा १३ चौका र २ छक्कासहित १ सय २२ रनमा अविजित रहे । चौका हान्दै खेल जिताएका हार्दिक पान्ड्याले ७ बलमा ३ चौका सहित १५ रनमा अविजित रहे । 

null

भारतले पहिलो विकेटका रुपमा ओपनर शिखर धवनलाई ८ रनमा गुमाएको थियो । छैटौं ओभरको पहिलो बलमा कागिसो रबाडाले क्विन्टन डी कबाट क्याच गराउँदै धवनलाई सस्तैमा पेभिलिएन फर्काए । १६ ओभरको तेस्रो बलमा विकेट कीपर क्विन्टन डी ककले एक हातले उत्कृष्ट क्याच लिदै कप्तान विराट कोहलीलाई १८ रनमा पेभिलिएन फर्काउँदै भारतलाई दवावमा राख्न खोजेका थिए । 

तेस्रो विकेटका लागि रोहित र लोकेश(केएल) राहुलले ८५ रनको साझेदारी गर्दै भारतको सहज जित पक्का गरे । ३२ ओभरको तेस्रो बलमा रबाडाले फाफ डु प्लेसिसबाट क्याच आउट गर्दै साझेदारी तोड्नु अघि राहुलले ४२ बलमा २ चौका सहित ३० रनको योगदान दिए । ४७ ओभरको पहिलो बलमा ठूलो शट खेल्ने धुनमा महेन्द्र सिंह धोनी क्रिस मोरिसबाट ३४ रनमा क्याच आउट भए । 

धोनीले ४६ बलमा २ चौका प्रहार गरे । दक्षिण अफ्रिका लागि कागिसो रबाडाले २, क्रिस मोरिस र एन्डिले फेहकुवलोको नाममा समान १ विकेट रह्यो । त्यस अघि साउथह्याप्टनमा टस जितेर पहिला ब्याटिङ थालेको अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो । 

एक समय ३९.३ ओभरमा १५८-७ को कमजोर अवस्थामा पुगेको अफ्रिकालाई आठौं विकेटका लागि क्रिस मोरिस र कागिसो रबाडाले ६६ रनको साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल सम्म पुर्याउन सफल भए । अन्तिम ओभरको दोस्रो बलमा विराट कोहलीबाट क्याच आउट हुनु अघि मोरिसले ३४ बलमा १ चौका र २ छक्का सहित महत्वपूर्ण ४२ रनको योगदान दिए । 

रबाडा ३५ बलमा २ चौका सहित ३१ रनमा अविजित रहे । डेविड मिलरले ३१ रनको योगदान दिए । ३६ ओभरको तेस्रो बलमा कुलदीप यादवले क्याच आउट गर्नुअघि मिलरले ४० बलमा १ चौका प्रहार गरे । चौथो ओभरको दोस्रो बलमा जसप्रित बुमराहले रोहित शर्माबाट क्याच गराउँदै ओपनर हासिम अमलालाई ६ रनमा पेभिलिएन फर्काए । 

बुमराहलेनै अर्का ओपनर क्विन्टन डी ककलाई १० रनमा क्याच आउट गराए । २० ओभरको पहिलो बलमा युजभेन्द्र चाहालले रस्सि भान डर दुसेनलाई २२ रनमा बोल्ड आउट गरे । यसै ओभरको अन्तिम बलमा चाहललेनै कप्तान फाफ डु प्लेसिसलाई ३८ रनमा बोल्ड आउट गरेपछि अफ्रिका संकटमा परेको थियो । उनले ५४ बलमा ४ चौका प्रहार गरे । 

जेपी ड्युमिनी ३ रनमा आउट भएपछि अफ्रिकाको ठूलो योगफलको संभावना टाढिन पुगेको थियो । ४० ओभरको तेस्रो बलमा एन्डिले फेहलुकवलोलाई चाहलले महेन्द्रसिंह धोनीबाट ३४ रनमा स्टम्पिङ आउट गर्दै आफ्नो दबदबाह कायम राखे । उनले ६१ बलमा २ चौका र १ छक्का प्रहार गरे । 

अफ्रिकालाई सस्तैमा रोक्न युजभेन्द्र चाहलले १० ओभरमा ५१ रन खर्चेर ४ विकेट लिए । जसप्रित बुमराह र भुवनेश्वकर कुमारले समान २ विकेट लिए । कुलदीप यादवको नाममा १ विकेट रह्यो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − twelve =