घरेलु टोली इंग्ल्यान्डको शानदार जित, बंगलादेश पराजित

एजेन्सी । घरेलु टोली इंग्ल्यान्डले जारी एकदिवसीय विश्वकप क्रिकेटमा दोस्रो जित दर्ता गरेको छ । बंगलादेशलाई १ सय ६ रनले पराजित गर्दै आयोजक इङल्यान्डले दोस्रो जित दर्ता गरेको हो । कार्डिफमा ३ सय ८७ रनको बिशाल लक्ष्य पच्छाएको बंगलादेश ४८.५ ओभरमा २ सय ८० रनमा अलआउट भएपछि इङल्यान्ड विजय भएको हो । बंगलादेशका लागि सकिब अल हसनले शतकिय पारी खेलेपनि टोलीलाई जिताउन सकेनन् । १ सय १९ बल सामना गरेका उनले १२ चौका र १ छक्काको मदतमा १ सय २१ रन बनाएका थिए । 

 

मुस्फिकुर रहिमले ४१ रन बनाउँदा महमदुल्लाह २८ रनको जोडे । मोसाद्देक हसन २६ रनमा पवेलियन फर्किँदा तामिम इकवालले १९ तथा मेहेदी हसन १२ र मोहम्मद सैफुद्दीन ५ रनमा आउट भएका थिए । बंगलादेशका खेलाडीलाई सस्तैमा समेट्न इंग्ल्यान्डका जोफ्रा आर्चर र बेन स्टोक्सले ३–३ विकेट लिए । मार्क वुडले २ विकेट लिँदा लियाम प्यान्केट र आदिल राशीदले १–१ विकेट हात पारे । यसअघि पहिला ब्याटिङ गरेको इंङ्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ८६ रन बनाएका थियो । 

null

इंग्ल्यान्डका लागि जेसन रोयले उत्कृष्ट प्रदर्शन गरे । १ सय २१ ब्ल खेलेका रोयले १४ चौका र ५ छक्काको मदतमा १ सय ५१ रन बनाए । योसँगै एकदिवसीय क्रिकेट करीअरमा रोयको शतक सङख्या ९ औं पुगेको छ । जस बटलरले ६४ रन बनाए । ४४ बल खेलेका बटलरले २ चौका र ४ छक्का प्रहार गरेका थिए । जोनी बेयस्ट्रोले ५१ रनको योगदान दिँदा कप्तान इयोन मोर्गन ३५ रनमा पवेलियन फर्किए । 

क्रिस वोक्स १८ तथा लियाम प्यान्केट २७ रनमा अविजित रहँदा जोय रुटले २१ बनाएका थिए । बंगलादेका लागि मेहेदी हसन र मोहम्मदले २–२ विकेट लिएका थिए भने मुस्ताफिजुर रहमान र मुशरर्फ मोर्तजाले १ विकेट लिए । बंगलादेशमाथि जितसँगै आयोजकले विश्वकपमा दोस्रो जित दर्ता गर्दा बंगलादेशको दोस्रो हार हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *