उपत्यकाको जाम कसरी हटाउने ?

काठमाडौं, १९ जेठ । बिहान होस् वा साँझ । जाम नभएको दिन हुँदैन । कतै जानुपर्दा जामकै कारण एक घण्टाअघि यात्रा तय गर्नुपर्ने बाध्यता छ । ट्राफिक प्रहरीका अनुसार उपत्यकामा मात्र दैनिक करिब १२ लाख सवारी साधन गुड्छन् । जुन सडकको क्षमताभन्दा बढी हो । सडक फराकिलो बने पनि धेरै ठाउँमा जाम उस्तै छ । विकल्प के त ? सुरुङमार्ग, अन्डरपास वा फ्लाई ओभर । 

 

विकल्प खोज्दै अर्थमन्त्री युवराज खतिवडाले ०७६/७७ को बजेट भाषणक्रममा बढी जाम हुने तीनकुने-कोटेश्वर-जडीबुटी सुरुङमार्ग, नयाँ बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाई ओभरको विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण थालिने जनाएका छन् । यी तीन खण्डमध्ये तीनकुने-कोटेश्वर-जडीबुटी सुरुङमार्ग निर्माणका लागि जापानी विज्ञले अध्ययन थालिसकेका छन् । 

null

‘तीनकुने-कोटेश्वर-जडीबुटी सुरुङमार्गका सम्बन्धमा जापानी विज्ञले अध्ययन गरिरहेका छन्,’ सडक विभागका महानिर्देशक केशवकुमार शर्माले भने, ‘कति इस्टमेट लाग्ने हो भनेर लागत अनुमानमा पुगिसकेका छैनौं ।’ आजको कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =