पत्रकारले नेताका भाषण होइन जनताका समस्या बाहिर ल्याउनुपर्छः मन्त्री बाँस्कोटा

 

जेठ २४, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जनचासोका विषयमा कलम चलाउनुपर्ने बताएका छन् । 

राष्ट्रिय समाचार समिति दाङको कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उनले पत्रकारले दलका नेताका भाषणभन्दा जनताका समस्या बाहिर ल्याउनुपर्नेमा जोड दिए । 

null

उनले राष्ट्रिय समाचार समिति र गोरखापत्रमा दिइने सामाचार विश्वसनीय र फरक कोणका हुनुपर्ने बताउँदै भने, ‘राससमा आउने समाचार अन्य सञ्चारमाध्यमभन्दा फरक हुनुपर्छ, खोजीमूलक समाचारमा तपाईँहरुले जोड दिनुहोस् ।’ 

सो अवसरमा रासस दाङका प्रमुख नारायणी रजौरेले कार्यालयमा पत्रकारलाई सहजताका लागि सूचना केन्द्र सञ्चालनका लागि स्थानीय तहसँग आवश्यक सहयोग मागिएको जानकारी दिए । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − four =