साउदीमा नेपालीलाई मृत्युदण्डको फैसला
२०७६ जेठ ३० गते

काठमाडौं, ३० जेष्ठ । आफ्नै नातेदारको हत्यामा दोषी ठहरिए १२ बर्षदेखि जेलमा रहेका उदयपुरका विवेक दाहाललाई साउदी अरबियाको पुनरावेदन अदालतले मृत्युदण्ड सजाय सुनाएको छ । उदयपुरको बसाहा–७ बैंकडाडाका दाहालले मोरङ, बबियाविर्ता–३ का राजेन्द्र विष्टलाई २००७ फेब्रुअरी २ मा सुतिरहेको अवस्थामा हत्या गरेका थिए । उनलाई जुबेलस्थित हायल जेलमा राखिएको छ ।
सार्बजनिक कानुनअनुसार मृत्युदण्डको फैसला सुनाएको तल्लो तहको फैसलालाई पुनरावेदन अदालतले सदर गरेको हो । अदालतले पीढित पक्षलाई निजी अधिकारसम्बन्धी कानुन प्रयोग गर्न दिन अस्वीकार गरेको छ ।
null
दाहालको जीवन बचाउन रिहादस्थित नेपाली दुताबासले निजी कानुनअनुसार पीडित पक्षलाई ‘ब्लडमनी’ रकम दिई माफी दिन अदालतसमक्ष अनुरोध गरेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
२०७६ जेठ ३० गते
प्रतिक्रिया
सम्बन्धित








