आइतबार सार्वजनिक बिदा

जेठ २४, काठमाडौं । सरकारले आइतबार उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा आइतबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले जानकारी दिए ।
null
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको यस बर्षको अन्तिम जात्रा भोटो जात्रा आउने २६ गते आइतबार मनाइँदैछ ।
रातो मच्छिन्द्रनाथको रथ जावलाखेलमा पुगेको चौथो दिनमा भोटो देखाउने परम्परा अनुसार हिजो रथलाई लगनखेलको थतिटोलबाट तानेर जावलाखेलमा पुरयाइएकोले यसको चौथो दिन २६ गते भोटो जात्रा देखाइने गुठी तहसिल कार्यालय ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले जानकारी दिए ।
बिभिन्न बहुमुल्य रत्न जडित भोटोलाई बिमान खटको चारै कुनाबाट देखाउने परम्परा छ। देबलोक मत्र्यलोक मनुष्यलोक र नागलोकलाई चारै कुनाबाट भोटो देखाउने गरिएको हो। साथै यो भोटो उपत्यकामा मच्छिन्द्रनाथ भित्रयाउने बन्धुदत्त बज्राचार्य, ललितज्यापु, राजा नरेन्द्रदेब लगायत कर्कोटक नागराजलाई पनि देखाउने परम्परा छ।
रथबाट चारै दिशामा तीन-तीन पटक भोटो देखाउने र देखाइसकेपछि सबैकै सामुन्ने थैलीमा राखी सिलबन्दी गर्ने परम्परा छ।








