कुमार र उनीहरू

 

असार ५ गते दिनभर जस्तै सर्लाही–लालबन्दी १ लखन्ती खोलामा भएको घटनाले सनसनी मच्चायो । नेपाल प्रहरीको केन्द्रीय कार्यालय, प्रदेश २ मुख्यालय र सर्लाही जि.प्र.का.ले ‘विप्लव समूहका कार्यकर्ता सर्लाही इन्चार्ज कुमार पौडेल प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएको र उनको साथबाट हतियार बरामद भएको’ भन्ने साबिती बयान सञ्चार माध्यम र जनतालाई दिएर अचम्मको बहादुरी प्रदर्शन गरेको प्रचार गर्दै थिए । 

तर हाम्रो पार्टीको केन्द्रीय नीति न सरकारी सुरक्षाकर्मीउपर हमला गर्ने नै छ, न त सशस्त्र युद्धको घोषणा नै छ । त्यसैले हामी ढुक्क थियौँ– यो नक्कली र झूट्टो प्रचार मात्रै हो । 

null

एकातिर केपी वली नेतृत्वको दलाल र फासिवादी सरकार नौजवान युवकयुवतीहरूलाई विदेशमा बेचेर तिनको रगतपसिनामा मस्ती गरिरहेको छ भने अर्कोतिर जनताको रक्षक मानिएको नेपाल प्रहरी दिनदहाडै बाटो ढुकेर ‘मुलुकलाई पराधीनता र गरिबीबाट मुक्त गरौँ’ भन्ने आवाज बोकेर हिँडेको युवकलाई गोली ठोक्छ र गर्छ प्रचार मुठभेडको । 

प्रिय पाठकवृन्द ! एकछिन आँखा बन्द गरेर सोचौँ त– यो कति क्रूर र निर्दयी घटना छ ! के यसको सत्यतथ्य बाहिर ल्याउनु पर्दैन ? यसैगरी बर्दी र बन्दुकको दुरुपयोग बढ्दै जाने हो भने र यसको विरुद्धमा क्रान्तिकारीहरूले पनि बन्दुक उठाउने हो भने के होला देशको स्थिति ? के हाम्रो प्रहारको सामना गर्न सक्छन् दलालहरू ? 

आमा बेचेर बोरामा पैसा पोको पार्ने दलालहरूलाई न देशको चिन्ता छ, न त जनताको । यिनलाई चिन्ता छ युद्धले निम्त्याउने भयङ्कर विपत्तिको । 

निःशस्त्र कार्यकर्ता कुमारको टाउकोमा गोली ठोकेर बडो पुरुषार्थ देखाए भन्ने हत्याराहरू के जनताको बन्दुकका सामु उभिन सक्छौ ? फायर जनताले पनि खोले भने के होला नेपालको हालत ? आमा बेचेर बोरामा पैसा पोको पार्ने दलालहरूलाई न देशको चिन्ता छ, न त जनताको । न यिनलाई चिन्ता छ युद्धले निम्त्याउने भयङ्कर विपत्तिको । 

त्यसो हो भने नेपाल प्रहरीका अफिसर र जवानले सोच्नु पर्दैन आदेश सही छ कि गलत भनेर ? अनि अपराधीहरूले दिएको फर्मान हुबहु लागू गर्न पुगे कहाँ रहला नेपाल प्रहरीसचेत, सतर्क र चेतनशील शक्ति हो भन्ने परिचय ? कहाँ बाँकी रहला मानवताको मूल्य र मान्यता ? कहाँ रहला प्रहरीको सत्य सेवा सुरक्षणम्को नारा ? के होला मुस्कानसहितको सेवा नेपाल प्रहरीको ? कहाँ रहला जनता–प्रहरी मैत्री वातावरण ? कहाँ रहला समुदायसँग प्रहरी अभियानको मर्म ? त्यसैले हामी नेपाल प्रहरकिा सम्पूर्ण अधिकृत र जवानहरूलाई अपिल गर्न चाहन्छौँ– माथिको आदेश पालना गर्नुअघि एकपटक हैन, दसपटक हैन, सयपटक सोच्नुहोस्– म कसकालागि, के गर्न जाँदैछु भनेर, गहिरो जिम्मेवारीबोधका साथ सोच्नुस्, विदेशमा बेचिएका अस्मिता लुटिएका तपाईंका दिदीबहिनीको अवस्था, घोत्लिएर सोच्नुस्– पैसा कमाउन विदेश गएको तपाईंको पल्लाघरे कान्छा काकाको छोरा बाकसमा लास बनेर फर्किएको अवस्था । 

निधारमा हात राखेर सोच्नुस् भ्रष्टाचारले खोक्रो बनाएको, इमानदारी र नैतिकताको खडेरी परेर अस्तव्यस्त भएको मुलुक र समाजको अवस्था अनि निकाल्नोस् निष्कर्ष र बढाउनोस् पाइला ! कमरेड विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी र यसका नेता, कार्यकर्ता राष्ट्रको बर्बादीका निम्ति जिम्मेवार छन् भने लखन्ती खोलाको बाटो ढुकेर नक्कली मुठभेडमा कुमारहरू मार्नै पर्दैन । 

आदेश जारी गर्नोस्– हामी प्रहरी हेडक्वार्टरमै आउँछौँ, खुलामञ्चमा लगेर फाँसीमा झुन्ड्याउनुहोस् । हामी हाँसीहाँसी मृत्युवरण गर्न तयार छौँ । तर राष्ट्र र जनताको बर्बादीको जिम्मेवार वर्तमान दलाल र फासिवादी पार्टी र तिनका नेता हुन् भने तपाईंलाई तिनको आदेश मान्नुपर्ने कुनै बाध्यता छैन । तपाईं आफूलाई किन कलङ्कित बनाउनुहुन्छ ? जब एकदिन वास्तविकता सतहमा आउँछ, तपाईंको आत्माले कहाँ पाउँछ शान्ति ? जब तपाईंको सन्तानले सोध्नेछ,‘बाबा, कुमार अङ्कललाई किन गोली हान्नुभो ?’ तपाईंको छाती पीडाले भत्भती पोल्नेछ । छोरालाई के जबाफ दिनुहुन्छ ? त्यतिबेला के आफूलाई नढाँटी गर्वका साथ भन्न सक्नुहुन्छ– त्यो अपराधी थियो, ठोकिदिएँ गोली ! सक्नुहुन्छ भन्न ? अहँ सक्नुहुन्न, कदापि सक्नुहुन्न किनकि मानिसले दुनियाँमा सारा संसारलाई ढाँट्न सक्छ तर आफूले आफैँलाई कदापि ढाँट्न सक्दैन । 

५ गते लखन्ती खोलामा नक्कली मुठभेडमा मारिएका कमरेड कुमारको तस्बिर पहिलोपटक सार्वजनिक भयो सञ्चारकेन्द्र भन्ने अनलाइनमा । म धेरैबेर घोत्लिएँ फोटोमा किन कि त्यहाँ मेरो एक सहयोद्धा थियो र थियो ऊ मृत । मलाई जोडजोडले कमरेड कुमार, कमरेड कुमार भनेर बोलाउन मन लाग्यो । उनलाई अँगालोमा बेर्न मन लाग्यो किन कि चुरेको पाखैपाखा हामी सँगसँगै हिँडेका दिनहरू ताजै छ मेरो मानसपटलमा । तर कुमार यतिबेला कहिल्यै नफर्किने गरी सहिदहरूको पङ्क्तिमा लामबद्ध भइसकेका छन् । 

आमा, मैले तिमीलाई देशद्रोही जुवाडेको हातबाट मुक्त गर्न सकिनँ, मलाई माफ गर । तस्बिरमा देखिन्छ भाँचिएको हातमा थमाइएको पेस्तोल– मानौँ पेस्तोलले भनिरहेछ मरेको मान्छेको हातमा मेरो कुनै काम छैन ।  

लखन्ती खोलाको सुनसान बाटो । अँधेरोअँधेरो, बाँसका झ्याङ र त्यही तस्बिरमा लडेको छ कमरेड कुमारको मृत शरीर । गहिरिएर तस्बिर हेर्नेले प्रस्ट थाहा पाउँछन्– उनका दुवै हातहरू ठाउँठाउँमा भाँच्चिएका छन्– मानौँ भिडन्त भयङ्कर भएको थियो र भाँच्चिएको हातमा थमाइएको छ सरकारी बन्दुक र बन्दुकसँगै चिर निद्रामा देखिन्छन् कुमार, धर्ती अमाको काखमा कहिल्यै नउठ्नेगरी । 

निधारमाथिको भाग जहाँ गोली लागेको छ, देशप्रेम र वर्गप्रेमले भरिएको उनको रातो, गाढा रातो रगत धर्ती आमाको छातीभरि पोखिएको छ । यस्तो प्रतीत हुन्छ, बगिरहेको रगतले भनिरहेछ– आमा, मैले तिमीलाई देशद्रोही जुवाडेको हातबाट मुक्त गर्न सकिनँ, मलाई माफ गर । तस्बिरमा देखिन्छ भाँचिएको हातमा थमाइएको पेस्तोल– मानौँ पेस्तोलले भनिरहेछ मरेको मान्छेको हातमा मेरो कुनै काम छैन । कोही बहादुर ज्यूँदा छौ भने उठाऊ मलाई र दनादन फायर गर कुमारका हत्यारालाई । 

सम्भवतः कुमारले चढेको मोटरसाइकल हुनुपर्छ उनको ढलेको शरीरनजिक ठिङ्ग ठडिएको ! कुमारको शवनजिकै ठिङ्ग उभिएको मोटरसाइकलाई देख्दा यस्तो लाग्छ– षड्यन्त्रको सिकार भएको घोडचढी दुस्मनको हमलामा परेर मारिएपछि त्यो घोडा आफ्नो मालिकलाई नछोडेर कतै जान सक्छ न मालिकलाई उठाउन नै सक्छ । 

मालिक गुमाएको उदास र निराश घोडा पीडामा वरपर छट्पटाइरहन्छ । त्यस्तै स्थितिमा छ कमरेड कुमारको घोडा (मोटरसाइकल) गोली हानिएको ठाउँ नजिकको बाँसको झ्याङले कालो कर्तुत भनिरहेझैँ लाग्छ । सम्भवतः सादा पोसाकका प्रहरी हुनुपर्छ शवको टाउको पछाडि उभिएका उनीहरूको अनुहार तस्बिरमा हेर्दा यस्तो भान हुन्छ उनीहरू अपराध कसरी छिपाउने सोचिरहेछन् । सञ्चार केन्द्र अनलाइनले प्रकाशन गरेको यो तस्बिर कुमारको हत्यामा संलग्नबाहेक कसैले खिच्न नसक्ने दुर्लभ तस्बिर सार्वजनिक गरेर आफ्नो पहुँच र परिचय बताएको छ । 

षड्यन्त्रकारीहरूको घातक हमलाको सिकार भएर ढलेका रक्तमुच्छेल कमरेड कुमारको तस्बिर देखेपछि मेरो मनको कुनाकुनामा विद्रोह दौडिएको छ र हजार प्रश्नले मलाई घचघच्याएको छ । शरीरको नसानसामा अटेसमटेस भएर रातो रगत दगुरिरहेको छ । मुटुको चाल तीव्र बनेको छ । कापीका पानाहरूमा दौडिरहेको कलमको निब अझ जोडले दबाएर उग्रउग्र कुरा लेखौँ लागिरहेछ । आपराधिक चरित्र बोकेको हत्यारो सरकारको उच्च सूचीमा रहेका कमरेडहरूले आफ्ना कानहरू चनाखो राख्नुपर्छ, आँखाहरू तेज र तिखा राख्नुपर्छ । 

हरपल उच्च सतर्कतामा जनताको माझमा राख्नुपर्छ । कमरेड विप्लवले विज्ञप्तिमा ‘सक्रिय रक्षा’ भनेझैँ । किन कि मान्छेको रगत पिउन बानी परेका नरपिचासहरू हिजोआज गाउँ–सहरमा मृत्युको खेती गर्न दौडिरहेका छन् । कतै हामीभन्दा ऊ अगाडि नहोस् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *