खैरहनी नगरपालिकाको गाडी दुर्घटना, ७ जना कर्मचारी घाईते

 

असार ४, चितवन । खैरहनी नगरपालिकाको गाडी चितवनको रत्ननगरमा बुधवार दुर्घटनामा परेको छ । 

दुर्घटनामा नगर शिक्षा अधिकारी महेन्द्र पौडेलसहित ७ जना कर्मचारी घाईते भएका छन् । भरतपुरबाट कार्यालय तर्फ आउँदै गरेको बा १७ च ६७९७ नम्वरको नगरपालिकाको गाडीले स्कुटरलाई वचाउने क्रममा विपरित दिशाबाट जाँदै गरेको ना ३ ख १८६३ नम्वरको मिनीवसले नगरपालिकाको गाडीलाई ठक्कर दिएको थियो । 

null

 

दुर्घटनामा नगर शिक्षा अधिकारी पौडेल, कृषि शाखा प्रमुख श्रीकान्त घिमिरे,स्वास्थ्य शाखा संयोजक माया पाण्डे, लेखापाल केशव वराल,महिला तथा वालवालिका शाखाकी विमला रानाभाट, अनिता पन्त र चालक सुदामा चौधरी सवार थिए । घाईतेहरुको मेडिकल कलेज चितवनमा उपचार भईरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए । 

घाईतेहरुको अवस्था सामान्य रहेको वताईएको छ । खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरी सहितको टोलीले दुर्घटनामा घाईते भएकाहरुलाई अस्पतालमा भेट गरी स्वास्थ्य अवस्था वुझी स्वास्थ्य लाभको कामना गरेका छन् । दुर्घटनामा नगरपालिकाको गाडीमा पुर्ण क्षती भएको छ । 

यसअघि पनि खैरहनी नगरपालिकाको गाडी रत्ननगरकै शान्तिचोक नजिकै दुर्घटना हुँदा २ जना वडाध्यक्षहरुको ज्यान गएको थियो । २०७४ साल माघ ६ गते भएको सो दुर्घटनामा खैरहनी ४ का वडाध्यक्ष नरेन्द्रनाथ अधिकारी र वडा नम्वर ५ का वडाध्यक्ष विश्वविजय वस्नेतको ज्यान गएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *