पुल नहुँदा मन्त्रीले नै पाए दुःख, खोलामा डुब्यो गाडी

 

जेठ २८, स्याङ्जा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी खोलामा डुबेको छ । 

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ स्थित दरौखोलामा निर्माण गरिने मोटरेबल पुलको शिलन्यास गर्न स्याङ्जा आएका मन्त्री महासेठको गाडी खोलामा डुबेको हो। 

null

 

पुलको शिलान्यास गरी फर्कने क्रममा बा२झ ४०२९ नम्बरको गाडी खोलामा डुबेपछि सुरक्षाकर्मीले मन्त्रीलाई उद्दार गरेका थिए । गाडीमा सवार सबै जना सकुशल नै छन् । खोलामा डुबेको गाडीको इन्जिन नै सिज भएको र क्रेनको सहायताले निकालिएको बताइएको छ । 

अहिले उनको यो तस्विर सामाजिक सञ्जालमा भाइरल भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =