ईक्यानले कर्पोरेट फुटसलको आयोजना गर्ने

 

जेठ २१, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले तेश्रो ईक्यान कर्पोरेट फुटसलको आयोजना गर्ने भएको छ । 

नेपाली विद्यार्थीहरुलाई विश्वभरका सर्वोत्कृष्ट शैक्षिक संस्थाहरुबाट विश्वस्तरको योग्यता हासिल गर्न सहजीकरण गर्ने तथा स्वदेशी खेल जगतमा टेवा पुर्याउने उद्देश्यले फुटसलको आयोजना गर्न लागिएकाे हो । 

null

यही जेठ २५ गते (शनिबार) देखि कुमारी फुटसल ग्राउण्ड पकनाजोल, काठमाडौंमा हुन लागेको प्रतियोगितामा ईक्यानमा आवद्ध व्यवसायीहरु खेलाडीका रुपमा सहभागी रहने प्रमुख, अतिरिक्त क्रियाकलाप विभाग तथा तेश्रो फुटसल प्रतियोगीताका संयोजक वासुदेव दाहालले जानकारी दिए । 

बिहान १० बजेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन नेपालका राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडि तथा पूर्व क्याप्टेन हरि खड्काले गर्नेछन् । संयोजक दाहालका अनुसार उक्त प्रतियोगितामा अष्ट्रेलियाको कलेज मिन्ट ईन्टरनेसनलको प्रस्तुति एवम् राईटपाथ करिएर काउन्सिलिङ्गको इन एसोसिएसन विथ प्रायोजनमा १२ टिमको सहभागिता रहने छ । 

ईक्यान कास्की, ईक्यान चितवन, ईक्यान ललितपुर, ईक्यान पुर्वाञ्चल शाखा तथा ईक्यान रुपन्देहि अन्तर्गत रहेका व्यवसायीहरु समेतको सहभागितामा उक्त फुटसल सम्पन्न हुने अतिरिक्त संयोजक दाहालले बताए । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले इक्यानले शैक्षिक क्षेत्रसँगै खेल क्षेत्रको प्रर्वद्धन गर्नका लागि फुटसल प्रतियोगिता आयोजना गरेको बताए ।  

 

प्रतियोगिताका अन्य प्रायोजकहरुमा एआईपि एजुकेसन, अष्ट्रेलिया एजुकेसन कन्सल्टिङ्ग, क्यानोन ईन्टरनेसनल एजुकेसन, सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ्ग, ड्रिम डेस्टिनि एजुकेसन फाउण्डेसन, ड्रिम अन एजुकेसनल कन्सल्टेन्सि, स्टडि वल्र्ड एजुकेसन कन्सल्टेन्सि एण्ड रिसर्च सेन्टर, ईन्लाईटिन ईन्टरनेसनल एजुकेसन, एक्सेल एजुकेसन, काठमाडौं ईन्फोसिस एजुकेसनल कन्सल्टेन्सि, मेटस एजुकेसन र निरभाना काउन्सिलिङ्ग सेन्टर रहेका छन् । 

त्यसैगरी पाथफाईन्डर ईन्टरनेसनल एजुकेसन, मेघा एजुकेसनल कन्सल्टेन्सि, सेभिल्ला एजुकेसन कन्सल्टेन्सि, प्रसन्ना ईन्टरनेसनल एजुकेसन, रोयल एजुकेसनल फाउण्डेसन, सिलिकन एजुकेसन नेटवर्क, सक्सेस एब्रोर्ड स्टडि, वेभ ईन्टरनेसनल एजुकेसन, प्रान्जल एजुकेसन कन्सल्टेन्सि र रिभोलुसन एजुकेसन एकेडमि पनि प्रायोजकमा रहेका छन् । 

त्यस्तै मिडिया पार्टनरमा मकालु खबर डट कम, आई टि पार्टनरमा कम्युनिकेट मिडिया र भेन्यु पार्टनरमा कुमारी फुटसल रहेका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 7 =