अष्ट्रेलिया शीर्ष स्थानमा उक्लियो, श्रीलंका ८७ रनले पराजित

एजेन्सी । इङ्ल्याण्डमा जारी विश्वकप क्रिकेटमा शनिबार भएको खेलमा अस्ट्रेलियाले श्रीलंकालाई ८७ रनले पराजित गरेको छ । जितसँगै अस्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । हालसम्म ५ खेल खेलेको अस्ट्रेलियाले ४ मा जित हासिल गर्दै ८ अंक जोडेर तालिकाको शीर्ष स्थानमा पुगेको हो । हिजोको खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले श्रीलंकालाई निर्धारित ओभरमा ७ विकेटको क्षतिमा ३३५ रनको लक्ष्य दिएको थियो । जवाफी लक्ष्य पछ्याउन आएको श्रीलंका ४५।५ ओभरमा अलआउट हुँदै २४७ रनमा अलआउट भयो । 

 

श्रीलंकाका लागि कप्तान करूणा दिमुथले सर्वाधिक ९७ रनको योगदान दिएका थिए । त्यस्तै कुशल परेराले ५२ रनको योगदान दिए । दिमुथ र परेराले ११५ रनको साझेदारी गरेका थिए । यो साझेदारी खेलको १६ औं ओभरमा टुटेपछि श्रीलंकाली ब्याट्स्म्यानहरूले लगातार लय गुमाएका थिए । उनीहरूको पारीलाई अस्ट्रेलियाका बलरहरूले ध्वस्त पारिदिएका थिए । यसक्रममा कुशल मेन्डिसले ३०, थिरिमानेले १६ तथा धनञ्जयले १६ रन जोड्नुका अलावा अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् र श्रीलंकाले पराजय भोग्यो । 

null

यसक्रममा अस्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ४ विकेट लिए भने केन रिचर्डसनले ३ तथा प्याट कमिन्सले २ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको अस्ट्रेलियाका लागि कप्तान तथा ओपनर आरोन फिन्चले सर्वाधिक १५३ रन बनाए । उनले १३२ बलको सामना गर्दै १५ चौका तथा ४ छक्काको मद्दतमा सो स्कोर जोडेका थिए । त्यसैगरी डेविड वार्नर २६ रन बनाउँदा उस्मान ख्वाजा १० रनमा आउट भए भने स्टिभ स्मिथ ७३ रनको योगदान दिए । यसैगरी ग्लेन म्याक्सवेलले अविजित ४६ रन बनाए । 

श्रीलंकाका लागि इसुरू उडाआ र धनञ्जय सिल्भाले २(२ विकेट लिदां लसिथ मांलिगाले १ विकेट लिए । कुल ५ खेल खेलेको श्रीलंकाले १ जित तथा २ बराबरीबाट ४ अंक जोडेको छ । उ तालिकाको ५ औं स्थानमा रहेको छ भने एक स्थानमाथि रहेको भारतले २ जित तथा एक बराबरीबाट ५ अंक जोडेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 1 =