रोहितको शतकमा भारत विजयी, पाकिस्तानको लगातार हार

एजेन्सी । इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा भारतले लगातार तेस्रो जित हात पारेको छ । आईतबार राती सम्पन्न खेलमा पाकिस्तानलाई वर्षाले असर गरेको खेलमा ८९ रनले पराजित गर्दै भारतले अपराजित यात्रा कायमै राखेको हो । वर्षाका कारण पाकिस्तानले ४० ओभरमा ३ सय २ रनको लक्ष्य प्राप्त गर्दा ६ विकेट गुमाउँदै २ सय १३ रनमात्र बनाउन सक्यो । 

वर्षाका कारण खेल रोकिदा पाकिस्तान ३५ ओभरमा १६६-६ को अवस्थामा थियो । त्यसअघि ५० ओभरमा ३ सय ३७ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले सुखद सुरुवात भने पाएन । विजय शंकरले ओपनर इमाम उल हकलाई ७ रनमा एलबी डब्लू आउट गर्दै भारतलाई पहिलो सफलता दिलाएका थिए । पाकिस्तानका लागि ओपनर फकार जमानले सर्वाधिक ६२ रनको योगदान दिए । कुलदीप यादवको २६ ओभरको दोस्रो बलमा ठूलो शट खेल्ने धुनमा क्याच आउट हुनुअघि जमानले ७५ बलमा ७ चौका र १ छक्का प्रहार गरे । 

 

null

दोस्रो विकेटका लागि जमान र बाबर आजमले १ सय ४ रनको उत्कृष्ट साझेदारी गर्दै जितको झिनो आसा देखाएका थिए । तर २४ ओभरको अन्तिम बलमा कुलदीपले बाबरलाई ४८ रनमा बोल्ड आउट गर्दै शतकीय साझेदारी तोडेसँगै भारत खेलमा फर्किएको थियो । बाबरले ५७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । २७ ओभरको पाँचौ बलमा हार्दिक पान्ड्याले ९ रन बनाएका मोहम्मद हफिजलाई विजय शंकरबाट क्याच गराए । लगत्तै अर्को बलमा हार्दिकले सोएब मालिकलाई शुन्यमा बोल्ड आउट गरेपछि पाकिस्तानको जितको संभावना कठिन बनेको थियो । 

कप्तान शरर्फराज अहमिदलाई विजय शंकरले १२ रनमा बोल्ड आउट गरे । ईमाद वासिम ४६ र शादव खान २० रनमा नटआउट रहे । भारतका लागि हार्दिक पान्ड्या, कुलदीप यादव र विजय शंकरले समान २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ३६ रन बनायो । उसका लागि ओपनर रोहित शर्माले उत्कृष्ट शतक प्रहार गरे । ३९ ओभरको दोस्रो बलमा हसन अलीले वहाब रियाजबाट क्याच आउट गराउनु अघि रोहितले १ सय १३ बलमा १४ चौका ३ छक्का प्रहार गर्दै १ सय ४० रनको शतकीय योगदान दिए । 

रोहितले ८५ बलमा आफ्नो वान डे करियरको २४ औं शतक पुरा गरेका थिए । ३० ओभरको अन्तिम बलमा सादव खानलाई १ रन प्रहार गर्दै विश्वकपमा तेस्रो शतक पुरा गरे । रोहितको जारी विश्वकपमा यो दोस्रो शतक समेत हो । यस अघि रोहितले दक्षिण अफ्रिकाविरुद्ध पनि शतक प्रहार गरेका थिए । त्यस्तै कप्तान विराट कोहलीले ७७ रनको महत्वपूर्ण योगदान दिए । मोहम्मद आमिरको ४८ ओभरको चौथो बलमा ठूलो शट खेल्ने धुनमा कट हुन पुग्दा विकेटकीपर शरफर्राज अहमिदले क्याच आउट गरे । कोहलीले ६५ बलमा ७ चौका प्रहार गरे । 

त्यस अघि पहिलो विकेटका लागि ओपनर केएल राहुल र रोहित शर्माले २३।५ ओभरमा १ सय ३६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । राहुललाई वहाब रियाजले बाबर आजमबाट क्याच आउट गराउनु अघि ७८ बलमा ३ चौका र २ छक्का सहित ५७ रनको योगदान दिए । हार्दिक पान्ड्याले २६,महेन्द्र सिंह धोनी १ रनमा आउट भए । विजय शंकर १५ र केदार जाधव रनमा ९ रन अविजित रहे । 

पाकिस्तानका लागि मोहम्मद आमिरले १० ओभरमा १ मेडन सहित ४७ रन खर्चेर ३ विकेट लिए । त्यस्तै वहाब रियाज र हसन अलीको नाममा समान १ विकेट रह्यो । यो जितसँगै भारत ४ खेलमा ३ मा जितका साथ ७ अंक जोड्न सफल भएको छ । भारतले आफ्नो पाँचौ खेलमा आगमी शनिवार अफगानिस्तानसँग खेल्ने छ । विश्वकप क्रिकेटमा पाकिस्तान भारतसँग लगातार सातौंपटक पराजित भएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *