टी–२० विश्वकप छनोटका लागि प्रारम्भिक टोलीकाे घोषणा, को–को परे ?

 

असार ३, काठमाडौं । सिंगापुरमा आयोजना हुन लागेको आईसीसी टी–ट्वान्टी विश्वकप छनौटको फाइनलका लागि प्रारम्भिक टोली घोषणा गरिएको छ ।  

आईसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मलित छनोट समितिले मंगलबार प्रारम्भिक नेपाली टोलीको घोषणा गरेको हो । 

null

कप्तान पारस खड्काको कप्तानी रहने २५ सदस्यीय टोलीमा ज्ञानेन्द्र मल्ल, अविनाश बोहरा, बसन्त रेग्मी, अमित श्रेष्ठ, भिम सार्की, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, करण केसी, कुशल भुर्तेल, ललित भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, नन्दन यादब र पवन सर्राफ रहेका छन् । 

त्यसैगरी प्रदीप ऐरी, राजु रिजाल, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, साहब आलम, शरद भेषवाकर, सोमपाल कामी, सन्दीप जोरा र सुशन भारी पनि टोलीमा छनौट भएका छन् । 

सन् २०२० मा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनलका लागि नेपाली टोलीको बन्द प्रशिक्षण बिहिबारबाट सुरु हुनेछ । बन्द प्रशिक्षणपछि नेपाली टोलीको घोषणा हुनेछ । 

छनोट आगामी जुलाई २२ देखि २८ सम्म आयोजना हुनेछ । एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसंग खेल्नेछ । नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ । 

यस्तै नेपालले दोस्रो खेलमा मलेसियासंग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसंग खेल्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *