वैदेशिक रोजगारी छाडेर च्याउ खेतीमा लागे युवा, भए मालामाल
मकालु खबर
२०७६ असार १३ गते
पाल्पा, १३ असार । वैदेशिक रोजगारी छाडेर पाल्पाका युवा च्याउ खेतीमा लागेका छन् । च्याउबाट मनग्य आम्दानी हुन थालेपछि युवाहरु च्याउ खेतीमा आकर्षित भएका हुन् । पाल्पाका प्रत्येक स्थानीय तहमा ५ सय युवालाई च्याउ उद्यमी बनाउने योजनाका साथ केशव कार्की व्यावसायिक च्याउ खेतीमा लागेका छन् ।
प्रत्येक स्थानीय तहका ५ सय च्याउ उद्यमीबाट दैनिक २ टनका दरले च्याउ उत्पादन गराउने अभियान अनुसार कार्कीले काम गर्दै आएका हुन् । कार्कीले वार्षिक २ लाखदेखि ५ लाख रुपैयाँसम्म कमाउने गरी विदेशिएका युवालाई च्याउ खेती गर्न स्वदेश फर्काएका छन् ।
null
कार्कीसँग अहिले विदेशबाट फर्किएका दुई सय युवा व्यावसायिक च्याउ खेतीमा जोडिएका छन् । २०६५ सालमा तानसेन बजारमा च्याउ किन्न नपाएपछि च्याउ खेतीमा लागेका केशवले १० वर्षको अवधिमा दुई सय युवालाई च्याउ उद्यमी बनाइसकेका छन् ।
मकालु खबर
२०७६ असार १३ गते
प्रतिक्रिया
सम्बन्धित