‘सेफ्टी ट्याङ्की’ सफा गर्दा ७ जनाको मृत्यु

 

जेठ ३२, भारत । भारतको गुजरात राज्यको भाडोडारा जिल्लामा शुक्रबार राती एउटा होटलको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा ७ जनाको मृत्यु भएको छ । 

स्थानीय प्रहरीले शनिबार दिएको जानकारीअनुसार घटनामा होटलका मालिक पनि दोषी देखिएका छन्। 

null

होटल मालिकको लापरबाहीका कारण घटना घटेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

मृत्यु हुनेमा ट्याङ्की सफा गर्न बोलाइएका ४ जना मजदुर र उनीहरुलाई सघाएका होटलमै काम गर्दै आएका अरु ३ जना रहेको प्रहरीले जनाएको छ । 

भारतमा हरेक वर्ष यस्तै घटनामा परी सयौँ मजदुरको मृत्यु हुने गरेको छ । सफाईका लागि पर्याप्त श्रोत साधनको प्रयोग नगर्ने र लापरबाही गरेकाले उनीहरुको मृत्यु हुने गरेको अधिकारीहरुले जनाएका छन्। 

‘सुरुमा ट्याङ्कीमा एक जना पसेका थिए, उनी बाहिर निस्कन नसकेपछि अरु उनलाई निकाल्न भित्र गएका थिए, तर उनीहरु पनि निस्कन सकेनन्,’ उद्धार कार्यको नेतृत्व गरेका भाडोडाराका अग्नी नियन्त्रण अधिकृत निकुन्ज आजादले भने । 

सफाईकै लागि आएका चारै जना बाहिर आउन नसकेपछि होटलमा काम गर्ने अरु तीन जना उद्धारमा गएका थिए। उनीहरु पनि बाहिर आउन नसकेको उनले बता ए। 

अहिले उनीहरु सबैको शव बाहिर निकालेर पोष्ट मार्टम गर्न पठाइएको आजादले जानकारी दिए । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *