उपत्यकामा रात्रिकालीन बस सेवा: भाडादर ५० प्रतिशत महँगो, कुन रूटमा कुन बस ?

काठमाडौं, ३१ जेष्ठ । काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन हुने भएको छ । यातायात व्यवस्था विभागले रात्रिकालीन बस सेवा सञ्चालन गर्ने तयारी गरेको हो । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उपत्यकाको रात्रिकालीन जीवनलाई चलायमान बनाउन बस सञ्चालन गर्न लागिएको जानकारी दिए । दहालले उपत्यकावासीको माग अनुसार रात्रीकालिन बससेवा संचालनमा ल्याइएको बताउँदै राती १ बजेसम्म बस संचालन हुने जानकारी दिए । 

नाै वटा यतायात कम्पनीका बसले रात्रीकालिन सेवा दिने छ । साझा यतायता प्रा.ली, महानगर यतायता प्रा.ली, रिद्धि सिद्धि यतायता प्रा.ली, शुभकामना यतायता प्रा.ली, रचना यतायता प्रा.ली, मयुर यतायता प्रा.ली, अन्नपूर्ण सार्वजनिक यतायता प्रा.ली, गाेकर्णेश्वर यतायता प्रा.ली र ललितपुर मिनिबस यतायता प्रा.ली ले उपत्यकमा रात्रीकालिन सेवा दिने जनाइएकाे छ । 

रात्रीकालिन बस सेवाको भाडादर पचास प्रतिशत महँगो हुनेछ । विभागका अनुसार चार किलोमिटरसम्मको यात्राका लागि २५ रुपैयाँ तिर्नुपर्नेछ। महानगरमा रात्रिकालिन सार्वजनिक यातायात संचालन नहुँदा महानगरवासी सजिलो हुने भएको छ । 

null

कुन रूटमा कुन बस ? (सूची) 

उपत्यकाको जनसंख्या करिब ६० लाखको हाराहारीमा छ । तर साँझ ८ बजे सहर चकमन्न हुने गरेको छ । रात्रीकालिन बस सेवा सञ्चालन गरेर उपत्यका २४ घण्टै चलायमन बनाउने विभागको योजना छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *