पत्रकार दिलबहादुर राई माथि आक्रमण, टाउकोमा ६ टाका लगाईयो
सुनसरी, २२ जेठ । सञ्चारकर्मी दिलबहादुर राईमाथि कार्यकक्षमा सांघातिक आक्रमण भएको छ । मङ्गलबार राति ८ बजे धरान–१२ चतरालाईन स्थित रहेको पुर्वाञ्चल डिबि आर अनलाईन टेलिभिजन कार्यालयमा कामको सिलसिलामा बसिरहेको बेला अचानक आक्रमण भएको राईले जानकारी दिए ।
उनलाई ५/६ जनाको समूहमा पुगेका अपरिचित युवाहरुको समुहले आक्रमण गरेको हो । आक्रमणमा परि राईको टाउकोमा गहिरो चोट लागेको छ । राईको टाउकोमा ६ टाका लगाईएको छ भने राईलाई मंगलबार राती नै वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मीक कक्षमा उपचारपछि घर पठाईएको छ ।
null
उता राईलाई सांघातिक रुपमा हमला गर्ने मध्येका एक युवा फूर्वा शेर्पाले ढुङ्गा प्रहार गरेको र उनलाई प्रहरी समात्न सफल भएको राईले जानकारी दिए । शेर्पालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।
शेर्पाले राईले आफूलाई पनि ढुङ्गाले हानेका कारण ढुङ्गा प्रहार गरेको प्रहरीलाई बयान दिएको इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । पत्रकार राईलाई हालसम्म आक्रमण गर्नुको कुनै कारण खुल्न सकेको छैन । प्रहरीका अनुसार पक्राउ परेका शेर्पाको बयान संगै थप अनुसन्धान अगाडी बढाएको जनाइएको छ ।