वेष्ट इन्डिजमाथि न्यूजिल्याण्डको रोमान्चक जित

एजेन्सी । कप्तान केन विलियमसन शतक अनी ट्रेन्ट बोल्टको ४ विकेटपछि न्यूजिल्याण्डले आइसीसी विश्वकप क्रिकेटमा अपराजित यात्रा कायमै राखेको छ । गएराती भएको खेलमा वेष्ट इन्डिजमाथि ५ रनको रोमान्चक जित हात पार्दै ११ अंक जोडेको न्यूजिल्याण्ड अंक तालिकामा शीर्ष स्थानमा समेत उक्लेको छ । वेष्ट इन्डिजका लागि कार्लोस ब्रेइवेइटेले शानदार शतक बनाएपनि जितका लागि पर्याप्त रहेन । 

 

२९२ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ४९ ओभरमा सबै विकेट गुमाएर २८६ रन मात्र बनाउन सक्यो । ब्रेथवेइटले ८२ बल खेल्दै ९ चौका र १ छक्काको मद्दतमा १०१ रन बनाए । तर ४९ औं ओभरको अन्तिम बलमा उनी आफैँ आउट भएपछि वेष्ट इन्डिज हार बेहोर्न बाध्य भयो । इन्डिजका लागि क्रिस गेलले ८७ र शिमोरन हेतमारले ५४ रन जोडे । बलिङमा न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले १० ओभरमा १ मेडन राख्दै ३० रन खर्चेर ४ विकेट लिए । लकी फर्गुसनले ३ विकेट लिए । 

null

त्यसअघि म्यानचेष्टरमा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २९१ रन बनाएको थियो । ओपनरद्वय मार्टिन गप्टिल र कलिन मनरो पहिलो ओभरमै शुन्यमा आउट भएपछि कप्तान विलियमसनले किवी टोलीको इनिङ्स सम्हालेका थिए । उनले तेस्रो विकेटका लागि रोज टेलरसंग शतकिय साझेदारी गरे । यस विश्वकपमा लगातार दोस्रो शतक प्रहार गर्ने क्रममा विलियमसनले १५४ बल खेल्दै १४ चा र १ छक्काको मद्दतमा १४८ रन बनाए । टेलरले ६९ रन योगदान गरे । वेष्ट इन्डिजका शेल्डन कट्रेलले ४ र ब्रेतवेइटेले २ विकेट लिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *