सातौं भलुवा गोल्डकप: झापालाई ट्राइबेकरमा पाखा लगाउँदै धनकुटा सेमिफाइनलमा प्रवेश

सुनसरी, १९ जेठ । सुनसरीको भलुवामा जारी सातौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको शनिबार भएको पहिलो क्वाटर फाइनल खेलमा रारा फुटबल क्लब धनकुटाले विर्तामोड यूनाइटेड क्लब झापालाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पाखा लगाउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । 

खेलको पहिलो हाफको पाँचौं, आठौ र ४० औं मिनेटमा विर्तामोड यूनाइटेडका सुमिन मैनाली, आशिष चापागाइ र विकेस लिम्वुका तर्फबाट गोल गरे । पहिलो हाफभरी दुवै टिमप्रति प्रतिस्पर्धात्मक खेल भएको थियो । 

 

null

४६ औ मिनेट, ५७ औ मिनेट र ६९ औ मिनेटमा रारा फुटबल क्लब धनकुटाका विरेन लिम्वुले २ गोल र मिक्चङे तामाङले १ गोल गर्दै आफ्नो टिमलाइ बराबरीमा पुर्याए । निर्धारित समय सम्म खेल बराबरी भएपछि ट्राइबेकरमा विर्तामोड यूनाइटेडका योगेश लिम्वु गोल गर्नबाट चुकेपछि रारा फुटबल क्लब धनकुटाले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरे । 

खेलमा धनकुटाका विरेन लिम्वु म्यान अफ दि म्याच घोषित भए । उनले नगद पाँच हजार मेडल पाए । आइतबारको दोश्रो क्वाटर फाइनल खेल आयोजक गोल्डेन स्टार युथ क्लब भलुवा चारतारे क्लब मोरङ बिच हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *