प्रधानमन्त्री कप महिला टी-ट्वान्टी क्रिकेट: एपीएफ च्याम्पियन

 

असार ११, काठमाडौं । प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफ क्लबले हात पारेको छ । 

आज भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो । उपाधिसँगै एपीएफले ५ लाख नगद प्राप्त गरेको छ । 

null

यस्तै उपविजेता सुदुरपश्चिमले ३ लाख प्राप्त गर्यो । 

सुदुरपश्चिमले दिएको ७२ रनको लक्ष्य एपीएफले १५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । एपीएफको जितमा इन्दु बर्माले २२, सिता राना मगरले १८ ताता ज्योति पाण्डेले १७ रन जोडिन् । 

सुदुरपश्चिमकी जानकी भट्टले २ विकेट लिइन् । 

यसअघि पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभर खेल्दै ९ विकेट गुमाएर ७१ रन बनाएको थियो । सुदुरपश्चिमका लागि रुबी पोदारले २४ तथा कविता कुँवरले २२ रन बनाए । 

एपीएफकी करुणा भण्डारी र सिता रानामगरले समान ३–३ विकेट लिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 5 =