च्याम्पियन्स लिगको फाइनल चलिरहँदा महिला लुगा फालेर मैदानमा दौडिएपछि …. (भिडियो)
जेठ १९ । गत राति युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल खेल चलिरहँदा एक रोचक दृश्य देखियो । स्पेनको मड्रिडमा उपाधिका लागि इंग्लिस टिम लिभरपुल र टोटनह्याम भिडिरहँदा करिब २० मिनेटको खेल समयमा लिभरपुल १–० ले अघि थियो ।
तर, त्यसैबेला एक महिला दर्शकको भीडबाट दौडिँदै मैदानमा प्रवेश गरिन् । तर, उनले शरीका अधिकाशं लुगा खोलेर मैदानको मध्य भागतिर दौडिन थालिन् । र, खेल रोकियो ।
null
एक सुन्दरी युवती लुगा खोलेर खेल चलिरहँदा मैदानमा दौडिएपछि प्रहरी पनि मैदान छिरे । र, उनलाई समातरे बाहिर ल्याए । आखिर को हुन् ती युवती ? उनले किन त्यसो गरिन् होला ?
अन्तर्राष्ट्रिय मिडियाका अनुसार ती युवती एक पोर्न साइट सञ्चालक थिइन् । उनले आफ्नो पोर्न वेब साइटको प्रचारका लागि खेल चलिरहँदा यस्तो हर्कत गरेकी थिइन् ।
खबरअनुसार ती युवतीको नाम किन्सी वलान्स्की हो । उनको एक पोर्न साइट छ । उनी त्यसकी सञ्चालक हुन् । उनले यही च्यानलको प्रचारका लागि यस्तो हर्कत गरेकी थिइन् । ‘द सन’काअनुसार किन्सी वलान्स्की चर्चित प्रान्क युट्युब च्यालनकी सञ्चालक भिटाली दोरोभस्कीकी साथी हुन् ।
त्यत्ति मात्रै हैन, उनीहरू युट्युब च्यानलका साथै त्यस पोर्न साइटका पार्टनर हुन् । भिटाली दोरोभस्कीले सन् २०१४ को विश्वकप फाइलनमा यस्तै हर्कत गरेकी थिइन् । यतिसम्म कि, त्यसपछि त उनलाई खेल हेर्नका लागि नै प्रतिबन्ध लगाइएको थियो । एजेन्सी
भिडियाे हेर्नुहाेस्