प्रीतम आचार्यसहित ४ जना गायक तथा संगीतकारलाई सम्मान गरिने

असार १४, धरान । विश्व संगीत दिवसको अवसर पारेर धरान संगीत प्रतिष्ठानले वरिष्ठ गायक दीप श्रेष्ठ सहित ४ जनालाई सम्मान गर्ने भएको छ ।
प्रतिष्ठानले आज शनिबार पत्रकार सम्मेलन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गीत संगीतमा ख्याती प्राप्त गायकलाई सम्मान गर्ने जानकारी गराएको हो ।
null
ख्याती प्राप्त गायक तथा प्रतिष्ठानका सल्लाकार तथा अभिभावकका रुपमा रहेका गायक तथा संगीतकार दिप श्रेष्ठ, रामचन्द्र बनेपाली, संगीत गुरु एवम् कम्पोजर जीवन भटटराई र जी टीभी बाट प्रशारित भएको रियालिलटी सो सारेगामापमा तेश्रो हुन सफल ईटहरी सुनसरी निवासी प्रितम आचार्यलाई नेपाली संगीतमा योगदान गरेबापत सम्मान गरिने छ ।
यस बर्ष विश्व संगीत दिवस २१ जुन असार ६ गते परे पनि विशेष कार्यवश सो दिन दिवस मनाउन नसकेकाले सो कार्यलाई आउँदो असार १६ गते सोमबार मनाउन लागिएको धरान संगीत प्रतिष्ठानका नबनिर्वाचित अध्यक्ष सर्वण श्रेष्ठले जानकारी दिए । उक्त दिन धरानको भानुचोकमा सांगीतिक कार्यक्रम सहित सम्मान गरिनेछ ।
प्रतिष्ठानले यसअघि नेपालमै पहिलो पटक २०७३ सालमा वरिष्ठ गायक दिप श्रेष्ठकै उपस्थितीमा सांगीतिक प्रस्तुती सहित धरानमा विश्व संगीत दिवस मनाएको थियो ।
श्रेष्ठले आफु अबको नया कार्य समितीमा आएकाले आफुले संगीतको क्षेत्रमा सबैलाई जोड्ने प्रयास गर्ने बताए ।
आउदो असार १६ गते हुने विश्व सांगीतिक दिवसलाई सफल पार्न भानु थापा मगरको संयोजकत्वमा मुल आयोजक समिती बनाईएको छ, जसको सह संयोजक सुदिप उप्रेती, सभिवमा बिकास सुब्बा, सह सचिवमा समिनकला राई, कोषाअध्यक्षमा रोहित कुमार मास्के चयन भएका छन् ।
यस्तै सांगीतिक कार्यक्रम तर्पm हेम सुब्बा, प्रचार प्रसारमा महेश तामाङ, शान्ति सुरक्षा ब्यवस्थापनमा किरण श्रेष्ठ, अतिथि सत्कारमा प्रिया लामा, प्रमाणपत्र तथा मायाको चिनो ब्यवस्थापनमा, बिदुर कार्की र खाना व्यवस्थापनमा प्रवेश राईलाई संयोजन गर्ने जिम्मा दिइएको छ ।
कार्यक्रम दिउँसो ३ बजेबाट धरानको भानुचौक लोकतान्त्रीक चौतारीमा हुने आयोजक धरान संगीत प्रतिष्ठानले जनाएको छ ।








