छापामा आज: भ्रष्टाचारको मिसिल अख्तियारबाट गायब, संवैधानिक निकायका पदाधिकारी तलबसँगै पेन्सन लिँदै

काठमाडौं, २४ जेठ । आज प्रकाशित दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि अनियमितता र बेथिति सबैको मुख्य प्राथमिकतामा परेको छ । मुख पृष्ठमा रातो मच्छिन्द्रनाथको रथको तस्वीर छापेको कान्तिपुरले भ्रष्टाचारको मिसिल नै अख्तियारबाट गायब भएको दाबी गरेको छ । विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दाको मिसिल अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गायब भएको हो । कान्तिपुरका अनुसार अख्तियारले पटक पटक मिसिल नभेटिएको जवाफ लेखेपछि सर्वोच्च अदालतले १५ दिनभित्र मिसिलसहित उपस्थित हुन आदेश दिएको छ । कान्तिपुरले सरकारले ल्याएका विधेयकमा देखिएको विवादलाई पनि समेटेको छ । 

अन्नपूर्णले मल अभावमाथि नजर लगाएको छ । समाचार अनुसार रसायनिक मल नपाएपछि देशभरका किसान मर्कामा परेका छन् । नेकपामा केपी ओलीलाई माधव नेपालले टक्कर दिएकोदेखि राउटे भेट्न टिकट काट्नुपर्ने भएकोसम्मका खबर अन्नपूर्णको पहिलो पृष्ठमा छ । 

नयाँ पत्रिकाले संवैधानिक निकायका पदाधिकारीहरुले तलबसँगै पेन्सनसमेत बुझ्ने गरेको खुलासा गरेको छ । ओली नेर्तृत्वको मन्त्रिपरिषद्ले ८ माघ ०७२ मा लाभको पदमा बस्नेले दोहारो सुविधा लिनु गैरकानूनी हुने निर्णय गरे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेदेखि महालेखापरीक्षक टंकमणि शर्मासम्मले यस्तो सुविधा लिइरहेका छन् । नयाँ पत्रिका लेख्छ– स्वच्छ छवि र उच्च नैतिकता भएका व्यक्तिहरु नै संवैधानिक निकायको पदाधिकारी बन्ने अपेक्षा संविधानले गरेको छ । त्यही संधिवानअन्तर्गत नियुक्त भएका पदाधिकारीहरुले तलब र पेन्सनमा दोहोरो सुविधा लिइरहेका छन् ।गोरखापत्रले विश्व बैंकको प्रक्षेपण भन्दै नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने लेखेको छ । 

null

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − five =