सुदूरपश्चिममा वर्षा : सचेत रहन मौसम विभागको आग्रह

काठमाडौं, २९ जेठ । सुदूरपश्चिमका अधिकांश स्थानमा अहिले पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमका धेरैजसो स्थानमा हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

सुदूरपश्चिम क्षेत्रमा नयाँ मौसमी प्रणाली भित्रिएर हावा हुरी र मेघगर्जनसहित पानी पर्न सुरु गरेको महाशाखाका मौसमविद्ले जानकारी दिए । सुदूरपश्चिममा अबको तीन दिनसम्म ठूलो हावाहुरी चट्याङसहित पानी पर्ने भएकाले सचेत रहन विभागले आग्रह गरेको छ । आज पूर्व र मध्यभेगमा पनि पानी पर्ने सम्भावना छ । 

 

null

मध्य र पूर्वका केही स्थानमा क्षणिक मौसम र भारी वर्षाको सम्भावना छ । यसले गर्दा स–साना खोला नाला र खहरेहरूमा पानीको वहाब बढ्न सक्ने भएकाले सर्तक रहन महाशाखाले भनेको छ । बंगालको खाडीको जलवाष्पयुक्त वायुका कारण मौसम बदली भएको हो । 

काठमाडौं उपत्यकामा पनि साँझपख मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । काठमाडौ उपत्यकाको न्युनतम तापक्रम बिहान १९ दशमलव ७ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो तापक्रम बढेर २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 14 =