महानगरपालिकाले लुकायो बजेट, प्रधानमन्त्री ओली परे अलमल

काठमाडौं, ११ असार । काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले विविध विषय उठाएका छन् । आजको कान्तिपुर महानगरपालिकाले लुकाएको बजेटमा केन्द्रित छ । कान्तिपुरका अनुसार ६ वटै महानगरले पूर्वाधारलाई मुख्य प्राथमिकता दिँदै आर्थिक वर्ष ०७६र७७ को बजेट ल्याएका छन् । काठमाडौं महानगरपालिकाले मंगलबार ल्याएको १५ अर्ब ५० करोड ७० लाख १२ हजार बजेटमध्ये भौतिक पूर्वाधारमा ३९ प्रतिशत रकम छुट्याइएको छ । यसअघि रोपिएका हजारौं बिरुवाबारे बेखबर सरकारले करोड बिरुवा रोप्ने योजना बनाएकोलाई पनि कान्तिपुरले समेटेको छ । 

 

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली अलमलमा परेको निष्कर्ष अन्नपूर्णले निकालेको छ । समाचार अनुसार ओली के आधारमा कसरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनेर टुंगोमा पुग्न सकेका छैनन् । यसका लागि उनी आफूनिकटका नेतासँग परामर्शमा जुटेको समाचारमा उल्लेख छ । 

null

 

नयाँ पत्रिका दैनिकले भारतका विमानस्थल हुँदै जुनसुकै तेस्रो मुलुक जाँदा नेपाली नागरिकलाई नो अब्जेक्सन लेटर एनओसी चाहिने नियम अध्यागमनले परिमार्जन गरेको लेखेको छ । भारतले एक वर्षदेखि आफ्नो देश हुँदै जाने नेपालीका लागि यस्तो नियम लागू गर्दै आएको थियो । तर, अब खाडी क्षेत्रका नौ मुलुकबाहेक अन्यत्र जाँदा नेपाली दूतावास दिल्लीबाट एनओसी बुझाउनु नपर्ने भएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 20 =