विधेयकमा पछि हट्न सत्तापक्षकै दबाव, साँघुरो घुम्तीका कारण दुर्घटना

काठमाडौं, ३ असार । आजका दैनिक पत्रिकाहरुको प्राथमिकतामा गुठी विधेयकमा केन्द्रित विषय परेको छ । यसबाहेक समसामयिक आर्थिक, सामाजिक, राजनीतिकलगायत विषयलाई पनि पत्रपत्रिकाहरुले आज उठाएका छन् ।
कान्तिपुरले ‘विधेयकमा पछि हट्न सत्तापक्षकै दबाव’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । कान्तिपुरका अनुसार नेकपाका अधिकांश नेताले सोमबार यथास्थितिमा विधेयक अघि नबढाउन सरकारलाई सुझाव दिएका छन् । बझाङमा सोमबार भएको जीप दुर्घटनालाई पनि कान्तिपुरले पहिलो पृष्ठमा समेटेको छ । कान्तिपुरका अनुसार साँघुरो घुम्तीका कारण भएको दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन् भने ५ जना घाइते भएका छन् ।
गुठी विधेयकलाई लिएर प्रधानमन्त्री–जनप्रतिनिधिबीच भएको छलफललाई अन्नपूर्णले मुख्य समाचार बनाएको छ । छलफलमा उपत्यकाका तीनै जिल्लाका नेकपाका जनप्रतिनिधि र जिल्ला नेताहरुले विधेयक फिर्ता लिन प्रधानमन्त्रीलाई दबाव दिएका छन् । जवाफमा प्रधानमन्त्रीले क्याबिनेटबाट आवश्यक निर्णय लिने प्रतिबद्धता जनाएका छन् । बजेट सक्न गोष्ठी आयोजना गरिएको अर्को खबर पनि अन्नपूर्णमा छ । अन्नपूर्णका अनुसार सरकारी कर्मचारी बजेट सक्न गोष्ठी र सेमिनारमा मग्न छन् । गोष्ठीकै कारण सहरी क्षेत्रका महँगा होटल भरिभराउ छन् ।
null
नयाँ पत्रिकाले ‘प्रधानमन्त्रीको परिधि’ शीर्षक दिएर प्रधानमन्त्रीको रवैयाबारे मुख्य समाचार बनाएको छ । नयाँ पत्रिकाका अनुसार, इतिहासकै ठूलो पार्टीको भूमिका सरकार सञ्चालनमा शून्य छ । पार्टी दर्ता भएपछि केन्द्रीय समितिको बैठक एकपटक पनि बसेको छैन । स्थायी समितिको बैठक १३ महिनामा जम्मा २ पटक मात्र बसेको छ ।
राजधानीले नेपाली स्याटेलाइटले काम सुरु गरेकोलाई एंकर बनाएको छ भने सरकारी पत्र गोरखापत्रमा गुठी विधेयकबारे भएको छलफल, बझाङ जिप दुर्घटनालगायतका खबर छन् ।








