एन्फाको नक्कली टिसर्ट बनाई बेचबिखन गर्ने ६ जना प्रहरी नियन्त्रणमा

 

असार ७, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को नक्कली टिसर्ट बनाएर बेचबिखन गर्ने ६ जना पक्राउ परेका छन् । 

हानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले एन्फाको नक्कली लोगो समेत प्रयोग गरी नक्कली टिसर्ट बनाएर बेचबिखन गर्ने ६ जनालाई बिहीबार पक्राउ गरेको हो । 

null

पक्राउ पर्नेहरुमा काठमाडौं नयाँबजार बस्ने बाग्लुङ जयमुनी नगरपालिका–९ का २९ वर्षीय चन्द्रदत्त शर्मा, काठमाडौं खुसिबुस्थित बिआरके सप्लायर्सका सञ्चालकद्वय काठमाडौं महानगरपालिका–१७ बस्ने रुपन्देहीका ३६ वर्षीय बिष्णु प्रसाद कडेंल र काठमाडौं महानगरपालिका–१७ बस्ने स्याङजाका ३५ वर्षीय सागर पाण्डे रहेका छन् । 

त्यस्तै काठमाडौं महाबौद्धस्थित रेडिमेड स्टोरका संचालक काठमाडौं महानगरपालिका–९ बस्ने ५२ वर्षीय गोबिन्द खनाल, काठमाडौं बिशाल बजारस्थित एसि स्पोट्र्‍स गोदामका संचालक काठमाडौं बनस्थली बस्ने रौतहटका २५ वर्षीय रामशरण खरेल र काठमाडौं सुन्धारास्थित सिटि स्पोट्र्‍सका संचालक काठमाडौं सुन्धारा बस्ने झापाका ३४ वर्षीय निलम बस्नेत पनि पक्राउ परेका छन् । 

उनीहरुको साथबाट प्रहरीले ३ सय ७० थान जर्सी बरामद गरेको छ । अनुसन्धानका क्रममा गोबिन्दको रेडिमेड स्टोरबाट २ सय ७४ थान, रामशरणको एसि स्पोट्र्स गोदामबाट २ सय ४२ थान र निलमको सिटि स्पोट्र्सबाट ३० थान नक्कली लोगो भएका जर्सी फेला परेको प्रहरीले जनाएको छ । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुले प्रयोग गर्ने जर्सी एन्फाले अन्तर्राष्ट्रियस्तरको ब्राण्ड केल्मी चाइना कम्पनी लिमिटेडसँग सम्झौता गरी आधिकारिक बिक्री बितरक कामारु ट्रेडिङ प्रालिलाई मात्र अधिकार प्रदान गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *