सरकारलाई कांग्रेसको चेतावनी: काठमाडौंका जनता उठेपछि के होला हुन्छ हेक्का राख्नुस् !

 

जेठ ३०, काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठीको अस्थित्व समाप्त पारेर काठमाडौं उपत्यकाको सम्पदामाथि धावा बोल्ने काम नगर्न सरकारलाई चेतावनी दिएको छ । 

काठमाडौंमा आन्दोलनको हुरी चल्न लागेको भन्दै समयमै गुठी विधेयक संशोधन गर्नेतर्फ लाग्न सरकारलाई कांग्रेसको सुझाव छ । प्रतिनिधी सभाको बिहीवार बसेको बैठकको सुरूमै सभामुखसँग समय लिएर कांग्रेस केन्द्रीय सदस्य एवं सांसद भीमसेनदास प्रधानले अन्तराष्ट्रिय समुदायलाई चिनाएको भाषा संस्कृति र सम्पदामाथि सरकारले धावा बोलेको आरोप लगाएका हुन् ।  

null

‘सरकारलाई ज्ञान होला, काठमाडौंका जनता उठेपछि कुनै शक्तिले रोक्न सक्दैन, राणा शासन ढल्यो, २०४६ सालमा काठमाडौंका जनता उठ्यो र बहुदल आयो । प्रतिगमनको कुरामा साथ दिएको थिएन गणतन्त्रको नारा लागेपछि आन्दोलन उठ्यो र राजतन्त्र फ्याक्यो,’ पूर्व रक्षामन्त्री समेत रहेका प्रधानले भने, ‘हेक्का राख्नुस् केपी ओली सरकार ढल्ने चिन्ता होइन, हामीले ल्याएको संविधान डिरेल होला भन्ने चिन्ता हो ।’ 

पृथ्वीनाराण शाहले काठमाडौंको राज्य जितेपछि पनि संस्कृतिमा धावा नबोलेको स्मरण गर्दै उनले समयमै विधेयक सच्चाउन माग गरे । ‘काठमाडौंमा आन्दोलनको हुरी चल्दैछ, बादल गर्जिंदैछ, कतै त्यो आन्दोलनले संविधान डिरेल नहोस् । यो विधेयक संशोधन गरेन भने आन्दोलन चर्किन्छ, त्यसले कहाँ र्पुयाउन भन्न सकिन्न,’ प्रधानले भने । 

गुठी विधेयक संशोधन गर्ने सरकारको निर्णयको विरोधमा कांग्रेसले सदनमा लगातार आवाज उठाइरहेको छ । प्रतिनिधीसभाको बैठक जारी छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *