काठमाडौंमा नयाँ मौसम प्रणाली विकास हुँदै, आज पनि हावाहुरीसहित वर्षा हुने

काठमाडौं, ३१ जेष्ठ । जल तथा मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ आसपासका क्षेत्रहरुमा विकसित हुँदै गरेको प्रणालीका कारण केही स्थानहरुमा मेघगर्जन र हावाहुरीसहित वर्षा गराउने बादल विकसित भैरहेको जनाएको छ । बंगालको खाडीबाट आएको जलवाष्पका कारण यो अवस्था सिर्जना भएको मौसमविदले जनाएका छन् । 

 

भारतको गुजरातमा आएको वायु भने सोचिएभन्दा कमजोर आएकाले समुद्री किनार आसपासमा केही क्षतिबाहेक खासै असर नदेखिएको र सो वायुको नेपालमा कस्तोे असर पर्न सक्छ भन्ने कुराको आकलन अहिले नै गर्न नसकिने बताइएको छ । 

null

काठमाडौंको अवस्था आत्तिइहाल्नुपर्ने नरहेपनि केही बेर बादल बन्ने, केहीबेर वर्षा हुने, हावाहुरी पनि आउन सक्ने जस्तो अवस्था रहेको छ । महाशाखाले शुक्रबार देशको मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र पूर्वी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली हुने जनाएको छ । 

पूर्वी भूभागका केही स्थानहरुमा र मध्य र पश्चिमी भूभागका केही स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाइएको छ । त्यसैगरी शनिबार र आइतबार पनि मुलुकका विभिन्न भागमा बदली रहने जनाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *