कर्णालीको नीति तथा कार्यक्रमः केवलकार सञ्चालनदेखि एम्बुलेन्ससम्मलाई प्राथमिकता(पूर्णपाठसहित)

 

जेठ २२, काठमाडौं । कर्णालीमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । 

बुधबारको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। 

null

गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा महत्वकांक्षी बजेट ल्याएको भन्दै आलोचित बनेको प्रदेश सरकारले कार्यान्वयन गर्न सकिने र नतिजामूखी नीति तथा कार्यक्रम ल्याएको दाबी गरेको छ । 

आफ्नो नीति तथा कार्यक्रममा प्रदेश सरकारले कर्णालीमा रोजगारी सिर्जना र उत्पादनमूलक कार्यक्रमलाई प्राथमिकता दिने पनि उल्लेख गरेको छ । 

वैकल्पिक ऊर्जा, लघु जलविद्युत आयोजना र विद्युत उत्पादन गरेर कर्णाली उज्यालो अभियान संचालन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । 

यस्तै कर्णालीको आफ्नै हवाई सेवा सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। केवलकार संचालन र सडक निर्माणलाई पनि प्राथमिकता दिइएको छ । 

प्रदेशका हरेक स्थानीय तहमा एक स्थानीय तह, एक एम्बुलेन्स, रोजगारी सिर्जना गर्न बेराजगार जनशक्तिलाई निर्माण कार्यदलमा समेटेर विकासमा लगाउने, लगायतका विषयहरुलाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *