सिद्धिका मौरीपालक चेपाङलाई तालिम

 

असार १, चितवन । व्यवसायिक रुपमा मौरीपालन सुरु गरेका कालिका नगरपालिका सिद्धिका चेपाङ युवाहरुलाई लक्षित गर्दै मंगलवारदेखी मौरीपालन सम्वन्धी तालिम सुरु भएको छ । 

प्रकृतिको संरक्षण गर्दै सिद्धिको विकासमा एक कदम नामक परियोजना संचालन गर्दै आईरहेको सपना भिलेज सोसियल इम्प्याक्टको आयोजनामा पाँच दिने तालिम सुरु भएको हो । 

null

सपना भिलेज र कालिका नगरपालिकाले दुई चरणमा यहाँका १० जना युवाहरुलाई २०,२० घार मौरीसहित अनुदान दिएको थियो । त्यो वाहेक उनीहरुले स्वयमले थप १० घार मौरी आफैले खरिद गरेका छन् । 

मौरीपालनलाई व्यवसायिकरण गराउन तालिमले सहयोग पुग्ने भएकाले अभ्यास सहितको तालिम दिईएको सपना भिलेज सोसियल इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन वस्नेतले जानकारी दिए । रामनगरमा संचालनमा तालिममा डाक्टर खेमराज न्यौपानेले सहजीकरण गर्नेछन् । 

सपना भिलेज सोसियल इम्प्याक्टले सिद्धीका स्थानीयको जीवनस्तर उकास्न आयआर्जन,सरसफाई,शिक्षा लगायत क्षेत्रमा काम गर्दै आएको सपना भिलेजका अनिल अर्यालले वताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *