ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
२०७६ असार २ गते

मोरङ, २ असार । ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोरङको सुनवर्षी नगरपालिका–९ भेडुवाथानमा आइतबार राति मोटरसाइकल चालकको मृत्यु भएको छ । रङ्गेली डाइनिया सडकखण्डमा राति पौने १० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ५ प ११७८ नंको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको को २ त २३२० नंको ट्र्याक्टरले ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक भोजपुर घर भई हाल सुनवर्षी नगरपालिका–४ अमरदह बस्ने ४५ वर्षीय दिलीपकुमार विकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते विकको रङ्गेली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।
null
ठक्कर दिने ट्र्याक्टरलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
२०७६ असार २ गते
प्रतिक्रिया
सम्बन्धित








