प्रभु बैंकको ५ मुलुकमा सैद्धान्तिक सहमती प्राप्त

 

असार १३, काठमाडाैँ ।  प्रभु बैंक लि.ले ५ मुलुकमा आफ्नाे सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती प्राप्त गरेको छ । 

यस बैंकले अष्ट्रेलियाको, सिड्नी, भारतको राजधानी, दिल्ली, मलेसियाको राजधानी, क्वालालाम्पुर, कतारको राजधानी, दोहा र संयुक्त अधिराज्य बेलायतको, एल्डरसट शहर गरी विभिन्न ५ मुलुकमा आफ्नाे सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती प्राप्त गरेको हो । 

null

प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अधिनमा रही प्रभु बैंकले ६ महिनाभित्र सम्बन्धित देशका नियामकीय निकायबाट उल्लेखित स्थानहरुमा बैंकको सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न स्वीकृति प्राप्त गरी नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि सम्बन्धित सबै सम्पर्क/प्रतिनिधि कार्यालयहरुबाट बैंकले आफ्नाे सेवा प्रारम्भ गर्नेछ । 

हालसम्म देशभरका १८६ शाखा कार्यालय, १३९ वटा एटिएम तथा २३ वटा एक्सटेन्सन काउण्टर कार्यालयहरु सहितको सञ्जाल (Network) का माध्यमबाट १२ लाख भन्दा बढि सन्तुष्ट ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराईरहेको प्रभु बैंक लिमिटेडले अब विदेशमा पनि आफ्नाे सेवा विस्तार गर्न गैरहेको छ । 

प्रभु बैंकका विदेशस्थित ५ वटा सम्पर्क/प्रतिनिधि कार्यालयहरु सञ्चालनमा आएपश्चात् प्रभु बैंकको सञ्जाल (Network) विदेशमा पनि विस्तार हुनेछ भने यसबाट अन्तर्राष्ट्रिय व्यापार  (Cross Border trade) मा टेवा पुग्ने तथा सम्बन्धित देशमा रहनुहुने ग्राहकहरुलाई सहज एवं सरल रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध हुने बैंकले विश्वास लिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *