गरुडामा मोटरसाईकल दुर्घटना: आमाको मृत्यु, छोरा प्रहरीको नियन्त्रणमा

काठमाडौं, २९ जेठ । रौतहटको गरुडामा मोटरसाईकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । चन्द्रनिगाहपुर गौर सडकखण्डको बिर्ता प्रहरी स्कुल अगाडि आमा छोरा सवार रहेको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु भएको हो । 

 

बिर्ताबाट गरुडा जाँदै गरेको बिआर २२ एन ३२९८ नम्बरको भारतीय मोटरसाईकलको पछाडी बसेकी राजपुर नगरपालिका–९ की ७० वर्षीया शेख भुउली साहको दुर्घटनामा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

null

मोटरसाइकल चालक छोरा २४ वर्षीय शेख मुसरफलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पैदल यात्रीलाई जोगाउने क्रममा मोटरसाइकल अनियन्त्रित भई पल्टिदाँ गम्भीर घाइते भएकी भउलीको उपचारका लागि चन्द्रनिगाहपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *